ट्रम्प र किम बीच एक्लाएक्लै वार्ता सम्पन्न सिंगापुरमा

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७५

एजेन्सी, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग–उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।

दुई नेताबीच भएको ४५ मिनेट लामो गेप्य भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास हुनुका साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनीहरूबीचको भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास गरिने साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

वार्ताबाट बाहिरिँदा उत्साहित देखिएका अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको छलफल निकै सकरात्मक भएको प्रतिक्रिया दिए। उनीहरूबीच करिब ५० मिनेट भेटवार्ता भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । वार्तामा अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी थिए ।

वार्तामा बस्नुअघि दुवै नेता एकदमै उत्साहित देखिएका थिए। ट्रम्पले वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन् । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो ।