पन्चकन्या आधारभुत बिद्यालयमा ५० जना बिद्यार्थीलाई विद्द्यालय पोषाक बितरण

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

धादिङ, जेठ २७ । वेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ मासखर्कमा रहेको पन्चकन्या आधारभुत बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई विद्द्यालय पोषाक बितरण कार्यक्रम सम्पन्न भएको छ ।

चेपाङ समुदायमा रहेका अति बिपन्न बालबालिकाको नियमित बिद्यालयमा पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले बिद्यालय पोषाक वितरण गरिएको जनसम्पर्क अधिकृत रुपेश घिमिरेले बताउनुभयो । यसै गरि कार्यक्रममा विद्द्यालयमा अध्ययनरत ५० जना विद्द्यर्थीको लागि शैक्षिक सामग्री पनि वितरण गरिएको छ । कार्यक्रममा बेनिघाट रोराङ गाउँ पालिका वडा नम्बर २ मासखर्का ६० बर्ष माथिका ५ जना वृद्दको लागी सर्ट पाइण्ट र ५ जना वृद्दाका लागि फरिया चोलो पनि सहयोग गरिएको क्लबका सदस्य जुनु मगरले बताउनुभयो ।

लायन्स क्लब अफ काठमान्डु प्रभु आर टि को सहयोगमा अति विपन्न चेपाङ बालबालिकाहरुको लागि बिद्यालय पोषाक बितरण गरिएको हो । लायन्स क्लब अफ काठमान्डु प्रभु आर टी का अध्यक्ष जस्मिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डु जिल्ला प्रमुख जनसम्पर्क अधिकृत महेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरि कार्यक्रममा पन्चकन्या आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चेपाङ, लायन्स क्लब अफ काठमान्डौका विशेष अध्यक्ष पुजा गुरुङ, सुचना अधिकृत सुजन गिरी, दोश्रो उपाध्यक्ष नम्रता भन्डारी, बजार व्यस्थापन अधिकृत आङ बाबू शेर्पा (लामा) को आतिथ्यता रहेको थियो ।