विश्वकप २०१८ मा अर्जेनटिना र ब्राजिल कस्ता टिम हुन्

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७५

काठमाडौं जेष्ठ २६ ।

अर्जेन्टिना

लगातार तीन ठुला अन्तर्राष्ट्रिय टुर्नामेन्टको फाईनल गुमाएको अर्जेन्टिनाको टीम यसपालि निकै दबाबमा छ । विश्वकपमा सामेल हुने ३२ वटाटा टिममध्ये सबैभन्दा पहिले ट्रेनिङ क्याम्प शुरू गर्ने टीम बनेको थियो, अर्जेन्टिना । उसो त बार्सिलोनाका स्टार लियोनल आन्द्रेस मेसीले अर्जेन्टिनाको सिनियर टीमको लागि कुनै ट्रफी जित्न नसकेकोमा आलोचना हुने गर्दछ । सम्भवतस् मेसी र यो अर्जेन्टिनी टीमको लागि अन्तिम मौका हुन सक्छ, विश्वकप ट्रफी जित्न ।

तर, अर्जेन्टिनाले विश्वकपसम्म आईपुग्न ठूलो संघर्ष गर्नुपर्‍यो । क्वालिफायरको अन्तिम खेलमा ईक्वेयरलाई ३-१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा छनोट भएको थियो । उक्त खेलमा मेसीले ह्याट्रिक गरेका थिए ।

प्रशिक्षक जोर्ज साम्पोलीले निकालेको २३ जनाको टीममा फररवार्ड र मिडफिल्डरडिफेन्स लाईनबिच विविधता देखिन्छ । यो अर्जेन्टिनी टीमको स्वभाव पनि हो कि उनीहरूको फ्रन्टलाईन जहिले राम्रो हुन्छ ।

मिडफिल्ड र फुलब्याकमा को कसरी खेल्छ भनेर अनुमान लगाउन गाह्रो छ । यद्यपि मेसीको अलवा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुयरो पनि स्ट्राइकरको रोलमा रहनेछन् । उनी अहिले पूर्णत फिट भएर मैदानमा खेल्नेछन् र यो अर्जेन्टिनी टीमको लागि एकदमै फाईदाको कुरा हो । मिडफिल्डमा सम्भवत पिएसजीका एन्जेल डि मारिया, जियोभानी लो सेल्सो, वेस्ट ह्यामका मानुएल लान्जिनी र एसी मिलनका लुकास बिग्लिया खेल्ने सम्भावना छ ।

ज्याभिएर मास्केरानोले यसपालि बेन्चमा रहँदा लुकास बिग्लियाको काँधमा ठुलो जिम्मेवारी रहनेछ ।

युभेन्टसका पाब्लो डिबला र गोन्जलो हिग्वेन अनि सेभियाका ईभर बनेगा र बोका जुनियर्सका पाभन बेन्चमा रहने सम्भवना छ । सेन्ट्रल डिफेन्समा म्यानसिटीका निकोलस ओटामन्डी र रोमाका फाजियो खेल्नेछन् भने गोलकिपिङमा रिभर प्लेटका फ्रान्को अर्मानीले चोटग्रस्ट भई बाहिरिएका सर्जियो रोमेरोको ठाउँ लिनेछन् ।

फुलब्याकमा एजेक्स टाज्लियाफिको र सेभिलाका मर्काडो को सम्भावना छ। यसपालि अर्जेन्टिना २-३-३-२ को फर्मेसनमा मैदान उत्रने सम्भावना छ । उत्कृष्ट खेलाडीहरूले भरिएको यो अर्जेन्टिनी टीमलाई विश्वकप जित्न सहज चैँ छैन । क्वाटरफाइनलमा स्पेन (जित्दै गयो भने)  र सेमिफाइनलमा फ्रान्स (स्पेनले पनि जित्दै गयो भने) लाई सामना गर्नुपर्ने सम्भावना छ र उसो त अर्जेन्टिना को ग्रुप स्टेज आफैँमा सजिलो पनि छैन ।

यद्यपि २१औँ शताब्दीका सर्वश्रेष्ठ खेलाडी लियोनल मेसी कुनै पनि विपक्षी टीमका लागि घातक हुन सक्छन् । उनका बच्चैदेखिका दोस्ती सर्जियो अगुयरोले पनि यसपालि आफूलाई सिद्ध गर्ने होनहार प्रयत्न गर्नेछन् । त्यसमाथि, अर्जेन्टिनाले पनि जर्मनीले जस्तै अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू सँधै राम्रो खेल्छ ।

यो टीमका खेलाडीले क्लब लेभलको खेल रसियमा पनि देखाए भने अर्जेन्टिनालाई रोक्न गाह्रो हुनेछ । अर्जेन्टिनाको लागि उनीहरूको फ्रन्ट लाईन नै मुख्य धार रहनेछ ।

ब्राजिल
विश्वकप २०१८ को लागि फुटबल पण्डित हरूले पहिलो रोजाईमा राखेको टीम हो, ब्राजिल । २०१४ को विश्वकपमा आफ्नै घरमा जर्मनीसँग भोगेको नमिठ्ठो हारको चोटले ब्राजिलियनहरूलाई अझैपनि पोल्छ । विश्वमा सबैभन्दा धेरै फुटबल क्रेज र फ्यानबेस भएको देश पनि हो ब्राजिल । त्यो अर्थमा ५ पल्टको बिजेतालाई प्रत्येक विश्वकपको दाबेदारको रूपमा चर्चा गरिन्छ ।

यसपालि उनीहरूको टीम एकदमै सन्तुलित पनि छ । यो टीममा पिएसजीका फरवार्ड नेयमार जस्ता वर्ल्डक्लास खेलाडी र बार्सिलोनाका फिलिप कोटिन्हो, म्यानचेस्टर सिटीका गाब्रीएल जेसस, लिभरपुलका रोवर्टो फिर्मिनो जस्ता युवा स्टार अनि रियल म्याड्रिडका क्यसिमिरो, पिएसजीका थियागा सिल्भा जस्ता अनुभवी खेलाडीहरूको राम्रो मिश्रण छ । त्यसमाथि ब्राजिलियन कोचले दोश्रो रोजाईमा राख्ने (बेन्च प्लेयर) पनि उत्तिकै उत्कृष्ट छन् ।  भर्खरै चोटबाट फर्किएका नेयमारबाट ब्राजिलियन फ्यानले धेरै नै आशा गरेका छन् । रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो र डिफेन्सिभ मिडफिल्डर क्येसिमिरोको प्रदर्शन क्लब स्तरमा जस्तै हुने हो भने ब्राजिलियन टिम अझै मजबुत र सन्तुलित हुनेछ । शारीरिक र प्राविधिक रूपमा बलियो ब्राजिलको विश्वकप यात्रा कस्तो र कहाँसम्म रहनेछ भन्नेमा धेरैको कौतुहलता छ। स्रोतः पहिलो पोष्ट