एड्भान्स एकेडेमीमा भएको स्वास्थ्य शिविरमा जे देखियो

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७५

धादिङबेसी जेष्ठ २६ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

टिचिङ र ओम अस्पतालका डाक्टरहरुबाट चेक जाँच गरिएको शिविरमा ३० जनाले ECG र १५ जनाले ECHO गराएका थिए ।

शिविरमा जनरल फिजिसिन, मुटु रोग र मधुमेह सम्बन्धी चेक जाँच गरिएको र निशुल्क औषधी वितरण गरिएको एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भीम श्रेष्ठले बताउनु भयो ।

शिविरमा ३०० जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको उक्त शिविरमा मुटु रोग विशेषज्ञ डा. अमित श्रेष्ठ, सिनियर फिजिशिएन डा.तिर्थमान श्रेष्ठ, डाइबोलोजिस्ट डा. विजयलाल श्रेष्ठ लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा जे देखियो