धादिङ जेष्ठ २४ । गणित शिक्षा परिषद धादिङले प्रश्न पत्र निर्माण सम्बन्धी अन्तरक्रिया गर्ने भएको छ ।
हालै परिमार्जित कक्षा ९ र १० को पाठ्यक्रम, विशिष्टीकरण तालिका अनुसार गणित शिक्षा परिषद धादिङले जेष्ठ २६ गते सनिबार एक दिने अन्तरक्रिया गर्ने भएको हो ।
परिषदका सचिव उत्तम भट्टका अनुसार जिल्ला भरका गणित विषयका शिक्षकहरु उक्त अन्तरक्रियामा सहभागि हुने छन् ।
अन्तरक्रियामा VAT, New Syllabus and Grid, Limit and continuity लगायतका विषयमा छलफल हुने समेट सचिव भट्टले धादिङपोष्टलाई बताए ।

