भुपेन्द्र न्यौपानेको ‘अरुसंग’को म्युजिक भिडियो सार्बजनिक

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७५

काठमाडौ, जेठ २४ । लेखन विधामा निरन्तर कलम चलाई रहेका यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

छायांकन सुरु भएको १० दिन भित्र उक्त गीतको भिडियो समापन गरि सार्बजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठ ,गायक बिश्व नेपाली रहेका छन् भने गीतकार भुपेन्द्र न्यौपाने हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा निरज बराल, सुमी सिलवाल ,नविन अधिकारी रहेका छन् । भिडियोको छायांकन टेक्सस राज्यको ड्यालस शहरमा गरिएको छ ।

न्यौपाने अमेरिकामा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिदै अमेरिकामा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् भने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् । यस गीत संगै छिट्टै चलचित्र र गीति संग्रहमा पनि आउने भएका छन् ।

८८४८ संचार गृहले निर्माण गरेको हो भने पाईनापल क्रिएसनले पोस्ट निर्माण गरेको हो ।