फुटबलका शक्तिशाली व्यक्तिलाई साढे ६ वर्ष जेल

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७५

काठमाडौं, जेठ २४ । क्रोएसिया फुटबलका शक्तिशाली व्यक्ति मानिएका जड्राक्को मामिकलाई साढे ६ वर्ष जेल सजाय सुनाइएको छ ।

यो प्रकरणमा क्रिएसियाका कप्तान एवं रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकविरुद्ध पनि अभियोग दर्ता भएको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा यो सजाय सुनाइएको हो । डिनामो जाग्रेबमा रहँदा ट्रान्सफर फीमा लाखौं युरो अपचलन गरेकोमा उनी दोषी ठहर भएको जनाएको छ ।

उनीमाथि सुनुवाइका क्रममा झुठो बयान दिएको आरोप छ । यद्यपि यसले विश्वकप खेल्न उनलाई रोक्ने छैन ।

मामिक क्रोएसियाको सबैभन्दा ठूलो क्लब डिनामो जाग्रेबका प्रमुख कार्यकारी मात्र होइनन्, क्रोएसियन फुटबल फेडेरेशनका उपाध्यक्ष पनि हुन् ।