साउदीका १० महिलाले पाए गाडी चलाउन लाइसेन्स

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७५

एजेन्सी, जेठ २२ । साउदी अरेबियाले १० महिलालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सुरू गरेको छ।

सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सातासम्म २ हजार महिलाले लाइसेन्स पाउने अपेक्षा गरिएको छ।

गत वर्ष सेप्टेम्बरमा साउदी राजाले इस्लामिक कानुनअनुसार महिलाले पनि लाइसेन्स पाउने घोषणा गरेका थिए।

त्यहाँको ट्राफिक निर्देशनालयले सोमबार १० महिलालाई लाइसेन्स दिएको छ।

उनीहरूले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स निर्देशनालयमा बुझाएका थिए।

यसअघि महिलालाई सवारी चलाउने अनुमति नदिने साउदी अरेबिया एकमात्र देश थियो।