
चितवन, जेठ २२ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाएपछि बिहान पौने दशबाट सडक दुईतर्फी खुलेको छ ।
सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको छ । १० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक बिस्तारको क्रममा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द गरिँदै आइएको छ ।
चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अबरुद्ध भएको थियो ।
