०५९ सालको जेष्ठ १ गते आदरणीय सहिद कमरेड प्रदुन (अनिल अधिकारी) लाई गुल्मीमा सेनाले हत्या गरेको १६ बर्ष पुरा भएछ । ती दिनहरू मेरो मानास पटलम जिबितै घुमिरहेको छ र ती दिनहरु कहिल्यै बिर्सने छैन ।
कमरेड प्रदुन अझै पनि हामीमाझ भएको जस्तो लग्छ, दाङ्सिङ, गोर्स्याङ, धुवाँकोट, खाल्टे, धादिङबेसी तिर छापामार गतिविधि गर्दै हुनुहुन्छ जस्तो मेरो मनमा घुमिरहेको छ । सामन्ती प्रतिक्रियावादी दलाल सत्ताको बिरुद्ध संघर्ष गर्दै जाली, फट्टह, सुदखोर, भ्रष्टाचरीहरुको चिहान खन्दै गरेको आभास भैरहेको छ । कुनै दिन भौतिक रुपमै फर्किनु हुन्छ जस्तो अझै पनि लागिरहेको छ ।
सायद ०५७ सालको पौष, माघ महिना तिर हुनुपर्छ धादिङ र नुवाकोटका सिमानामा पर्ने साल्मे लेकको जङ्गलम आधारभुत फौजी तालिमको क्रममा कमरेड प्रदुन सङ्ग पहिलो पटक भेट भएको थियो । केही दिनको फौजी तालिम सङ्गै गरियो ।
म भर्खर भर्खरै पुर्णकालिन भएको थिए र उहाँ अलि पुरानो । तालिमको क्रममा उहाँले निक्कै सहयोग गर्नुभयो । अत्यन्तै मिलनसार र सरलता कमरेड प्रदुनको बिशेषता थिए । कमरेड प्रदुन शारीरिक रूपमा निक्कै बलियो, अग्लो, पार्टीको बिचार, अनुशासन, फौजी तालिम हरेक रूपमा अब्बल हुनुहुन्थ्यो ।
धादिङ, नुवाकोट र रसुवाको केही भूगोल मिलाएर बनाएको धादिङ जिल्ला पार्टीको ३ नम्बर इलाका अन्तर्गत हामी थियौ ।जनासेनाको मुख्य, सहयक र अधारभुत गरि तीन सैन्य शक्तिको संरचना थिए । प्लाटुन मुख्य, स्क्वायट सहयक र जनामिलिसिय आधारभुत थियो । पुर्ण्कालिनहरुको तालिमपछि ३ नम्बर इलाकामा एक एक स्क्वायड र मिलिशियको टिमबाट दुई दुई टिम बनाएका थिए । स्क्वयट कमण्डर सहिद दिपक बानियाँ (संगम) र रन्जिता, मिलिशिय कमण्डर बिज्ञान (नबराज ढुंगाना) र प्रदुन थिए । म सहिद कमरेड प्रदुन को टिममा परे।मेरो पहिलो पटक टिममा प्रवेश र पहिलो कमण्डर प्रदुन थिए ।हाम्रो कार्यक्षेत्र धादिङ र नुवाकोटका सिमाना वरिपरि थियो।प्रहरी शक्ति पराजितको अन्तिम अवस्थम थिए ।
धुवाँकोट र खाल्टेको सिमानाम पर्ने काहुले डाडाको एम्बुस, समारी, दार्खा जस्ता चौकीहरुको सफल आक्रमणको कारण पुलिस हत्तपत्त आउन गह्रो थियो र हाम्रो आधारईलाका निर्माण हुँदै थिए । तर बेला बखत अप्रेसनहरु चलाउथ्यो । हामी खास खास इलाका बाहेक दिउँसो नै बढी मात्रामा गतिविधि गर्दाथ्यो । हिजो भर्खरै जस्तो लाग्छ ०५७ साल अन्तिम र ०५८ सालको सुरु तिर कमरेड प्रदुनको कमण्डमा हामी ६/७ जना थियौं । सहयक कमण्डर सिम्लेको सुमित्रा गुरुङ (तारा) हुनु हुन्थ्यो । कमरेड ताराको रसुवा ठुलो गाउँ सामुहिक हत्याकण्डामा शहदत भयो ।
हाम्रो टिम स्पिट, सहकार्य, भावनात्मक एकता, ब्यक्तिगत तथा सामुहिक विभिन्न कठिनाइ सहज रूपमा सामना गरिन्थ्यो ।हाम्रो टिमको काम पार्टी र सेनाको सहयक रूपमा सहयोग गर्नु थियो । संगठन निर्माण, छापामार सभा, छापामार कार्बही, बिसङगती, बिकृती नियन्त्रण लगायत थिए । हाम्रो टिम अवश्यक्तमा केन्द्रित र बिकेन्द्रीत भैइन्थ्यो । हाम्रो टिम एकदिन काहुलेबाट तारुकाम सहिद हुने कमरेड सगारको गाउँ चिसापानी हुँदै धादिङबेसि तर्फ मसल जुलुसको लागि जादै गर्दा दंगा प्रहरी र हाम्रो जंकाभेट भयो तर प्रहरी र हाम्रो अलग अलग बाटो हुँदा करिब १०० मिटरको दुरिमा हेरा हेर मात्रै भयो ।
हामी सङ्ग केही गृनेट, भरुवा बन्दुक र खुकुरी मात्रै थियो । २५/३० जना पुलिसहरु थिए । उनीहरु सबै सशस्त्र थिए तर उनिहरुले हामी माथी आक्रमण गर्ने आँट भने गरेनन् । मेरो पुलिस सङ्ग पहिलो जंकाभेट थियो, कमण्डर कमरेड प्रदुनले नाअत्तिनु भन्दै हुनुहुन्थ्यो । पुलिस सङग जम्काभेट भएपछि हामीले त्यो दिन मसाल जुलुस गरेनौं, भोलिपल्ट मात्रै ५ थान भरुवा बन्दुकको फयरिङबाट मसाल जुलुस गरियो । कमरेड प्रदुनको नेतृत्वमा र सहकार्यमा गरिएको छापामार क्रियाकलाप अझै दिमागमा ताजा भएर गुन्जिरहेको छ । जुवा, तास र जाँडरक्सी जस्ता बिकृती हाम्रो नियन्त्रणम संघर्षको एजेन्डा थियो ।
एक दिन कमरेड प्रदुन र म तरुकाघाटमा झण्डा र ब्यानर राखेर आउदै गर्दा राती ९/१० बजे तिर तारुका जोरचौतारमा १०/१२ जना जति मानिसहरू जाँड खाएर हल्ला गर्दै तास खेल्दै गरेको रहेछन् । तारुका चन्दने चौकी नजिकै भएकोले मेरो हातमा ग्रीनेट र कमरेड प्रदुन सङ्ग बह्रबोरको गोलि लाग्ने पिस्तोल हातैमा थियो । त्यो तास खेलिरहेको मानिसहरुलाई कमरेड प्रदुनले कासन गर्नु भयो तपाईहरु कोही भग्ने र हल्ला नगर्नु हामी माओवादी छापामार हौ, हाम्रो घेराभित्र तपाईहरु हुनुहुन्छ ।एक्कासि एकजनाले कमरेड प्रदुन माथी खुर्पा प्रहर गर्यो तर हामीलाई लागेन र खुर्पा सङ्गै उसलाई नियन्त्रणमा लियौ।नियन्त्रणमा लिएको ब्याक्ती प्रदुन सङ्ग परिचीत मान्छे रहेछ । हामी गुण्डहरु होला भनेर प्रतिकार गरेको बताए, उनले गल्ती स्वाकरेर माफी मागे । तास च्यात्न लगायो । केही नगद पनि हामीले कब्जा गरेर पार्टीमा बुझायौं । कमरेड प्रदुन सङ्गको सहकार्यको अविस्मरणिय क्षणहरु कयौं छ्न् ।
कतिपय ठाउँहरुमा दिनभरी सुतेर रातभरि छापामार काम कार्वाही गरेको, तारुकाम मसाल जूलूस गरेर ढुसिनिको गणेश गुरुङको घर तिर सेल्टर लिएको, धुवाँकोटको जनता सङ्गको सहकार्य, बेसाहरा पीडित महिलालाई न्याय दिलाएको, जाँड, रक्सी, जुवातास नियन्त्रण गरेको थुप्रै घटनाहरु छ्न् । नुवाकोटको तारुका र धादिङको खाल्टेको सिमाना टारीखेतम उहाँको घर थियोे । हाम्रो कार्यक्षेत्र त्यतै भएकोले बेला बखत हाम्रो टिम पुगिरहन्थ्यो । उहाँको बुवा आमाले सबैलाई उत्तिकै माया गर्नु हुन्थ्यो ।
एकदिन हामी कुपको वनमा दिनभरी गित गाउँन र नाच्ने प्रयक्टीस गर्यो, प्रदुन र मेरो गित गाउन स्वार नमिल्दा नाच्नु पर्ने भयो तर कहिल्यै न नचिएका हामी दुईले कम्मारमा खुकुरी भिरेर आइपुग्यो छापामार को गितमा नाचियो । रातपरेपछि टक्सरको स्कुलमा गाउँले सबैलाई बोलाएर छापामार कार्यक्रम गर्यो । सुरुमा कमरेड प्रदुनले हाम्रो पार्टीको लक्ष्य, उदेश्य सामन्ती प्रतिक्रियावादी सत्तालाई जरैदेखि फलेर नयाँ जनाबादी राज्यको स्थापना गर्ने, स्थानीय दलाल, भ्रष्टाचारी, बेइमानीहरु होशियार भनेर भाषण गर्नु भयो । त्यसपछि कमरेड तारा, मुना र प्रेमले गित गाउनु भयो प्रदुन र म नाचेयौं । कार्यक्रम सकिए पछि नारा घन्काउदै सेमजोङ तिर लाग्यो ।
भर्खर भर्खरै माओवादी पार्टी खुल्ला रूपमा पुगेको टक्सारम केही दिन पछि फेरि हामी पुग्दा अस्ति आएको टोलीले राम्रो गित गाउने रहेछ र खतरा नाच्दो रहेछ भनेर हाम्रै अगाडि गाउँलेहरुले सुनाए । अध्यारोम हामी दुइपनि राम्रै नाच्ने रहेछौं भन्दै हासो गर्दै निक्कै रमाइलो अनुभुत भयो । यस्तै कयौं अबिस्मरणिय सहकार्यको क्षणहरु अझै ताज छ ।
त्यत्तिबेलाको स्थानीय पार्टी सदस्यहरु काहुलेको प्रेम सर, खोलेबेसीको जनक सर, काफलपानीको भाउजू, पात्लेको बिमला दिदी, कल्लेरीको पोषकनाथ, बसाको रामचन्द्र, हरि दाइ लगायत हाम्रो थुप्रै सहयोगीहरु थिए । शारीरिक रूपमा दुबै हातको औंलाहरु नभएर पनि निजि जिवन संघर्षमात्र नभएर आमूल परिवर्तनको कष्टकरपुर्ण संघर्षमा पनि एकाकार गर्नु हुने शिक्षाक जनक सर संग कमरेड प्रदुनले परिचय गराइदिनु भएको थियोे । भेटघाट र छ्लफल पछि हामी फेरि आफ्नो यात्राम अगाडी बढ्यिौं । जनक सरको जिबन, व्यबहार र संघर्ष देखेर हामीहरु जस्तो छापामारहरुको निम्ति निक्कै प्रेरणादायी थियोे ।
हाम्रो नियमित छापामार काम कार्वाही अनुसार चिन्नेखर्कमा विद्यार्थीको जिल्ला सम्मेलनम सहभागी हुँदै गर्दा राजदरबार हत्याकाण्ड भयो । हामी फेरि दाङ्सिङमा खुला आमसभामा सहभागी भैरहेका थियौं । हामी तारुका चौकी आक्रमणको तयारी देखि आक्रमणको दिन सम्म कमरेड प्रदुन सङ्ग सङ्गै थियौं।तारुकाको सफल रेड पछि पुलिस सङ्गको अन्तिम बिजय अभियानम विभिन्न प्रहरी चौकीहरु खाली गराउदै तादी चौकी, खरानीटार र ढिकुरेको कृषि बिकास बैंक माथिको एकै समयमा भएको सफल कार्बाहीमा कमरेड प्रदुन ढिकुरे बैंक माथिको कार्बाहीमा महत्त्वपूर्ण भुमिका रहेको थिए ।
युद्ध बिराम र बार्ता पाछि हाम्रो कार्यक्षेत्र अलग अलग भयो । बेला बेलामा हाम्रो भेट हुन्थ्यो, अन्तर मनक कुराहरू हुन्थ्यो । संकटकाल पछि सैनिक दमन र नेता तथा कमण्डरहरुको गिरफ्तार र गद्दारले मध्ये क्षेत्र तहस नहास बनायो, यसै कारण कायौ कार्यकर्ताहरुले बलिदान गरे, कायौ हतियार गुमाइए तर हामी निरंकुश सामन्ती, सत्ताको निर्मम दमनको विरुद्ध कडा प्रतिकार गर्दै थियौ ।
०५९ सालको नयाँ बर्षको सुरुवातमा गोरखाको बार्पाक ईलाका प्रहरी कार्यलय सफल आक्रमण पछि छुटेका हामी कहिल्यै नभेटेनि गरि अन्तिम भेट भैदियो । कामको सिलसिलमा जाँदै गर्दा बैशाख ३० गते गुल्मीको धवाङबाट तात्कालिन शाही सेनाको गिरफ्तारमा पर्नु भयो । निसशस्त्र अवस्था पक्राउ गरेर मानव अधिकार र जेनेभा महसन्धीको युद्ध बन्दीको नियमलाई धब्जी उडाएर निरंकुश अतातयी शाही सेनाले आफ्नो असली चरीत्र प्रदर्शन गर्यो । चरम यातना दिएर आत्मसमर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि उहाँले मान्नु भएन छ । बरु सहिद बन्न तयार हुनुभयो ।
अन्ततः एक अथक महान वीर सुपुत्र भौतिक रूपमा सदाको लागि हामीबाट चुडायो । वीर महान सहसी योद्धा कमरेड प्रदुन आम श्रमजीवी बर्गको संधै आस्थाको धरोहर बनेर चम्किरहनु भएको छ। बाँकी अभिभारा एकदिन हामी पूरा गर्नछौं । कमरेड प्रदुन सदा अमर रहुन् ।

जितेन्द्र तामाङ
२०७५ जेष्ठ २२ गते
हल दक्षिण कोरिया
