राजेन्द्रले जिते मेरिल्याण्ड चित्रकलाको प्रथम पुरस्कार

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७५

अमेरिका, जेठ २१ । अमेरिकाको मेरिल्याण्ड राज्यको एनापोलिसमा भएको चित्रकला प्रदर्शनी प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै केसी प्रथम स्थान हासिल गर्न सफल भएका छ ।

एक दशकदेखि डीसी क्षेत्रमा बस्दै आएका केसी अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

ललितपुरको जावलाखेल घर भएका केसी १० वर्षअघि स–परिवार अमेरिका आएका थिए । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता शुरु गरेका केसी सफलताले थप ऊर्जा मिलेको बताउँछन् ।

प्रतियोगितामा दर्जनौ कलाकारहरुले चित्र प्रस्तुत गरेका थिए । तर दर्शक तथा निर्णायकहरुले केसीका चित्र रूचाए ।

पुरस्कारको राशि ५ सय अमेरिकी डलर नगदसहित सम्मानपत्र रहेको छ ।

केसीले बनाएको चित्र तत्कालै बिक्री समेत भएको छ ।

केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा प्रतिभा लुकाएर बस्नु परे पनि प्रतियोगिताले प्रस्फुटन हुने मौका दिएको बताए ।