
धादिङवेसी, जेठ २१ । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा परीक्षाको साथै पठन पाठन चलिरहेको समयमा अपरिचित मान्छेहरुको समूहले क्याम्पस तोडफोड भएको छ ।
अज्ञात समूहको तोडफोडबाट क्याम्पसमा रहेको २ थान कम्प्यूटर, ३ वटा प्रिन्टर,८ वटा झ्यालका सीसा, २ वटा कुर्ची, १ वटा पोडियम,१ वटा टेलिफोन सेटमा पूर्ण रुपमा क्षति पुगेको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो । कक्षा संचालन भैरहेको बेला एक्कासी अपरिचित समूहले विद्यालयमा ढुंगा प्रहार गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
अज्ञात समूहले गरेको आक्रमणबाट कक्षाकोठाभित्रै स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी कविता श्रेष्ठलाइ समेत चोट लागेको छ । तोडफोडपछि प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पसले शान्त वातावरणमा अध्ययन भइरहेको क्याम्पसमाथि अशान्त वातावरणमा सिर्जना गर्ने क्रियाकलाप तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । दोषाीलाई तत्काल कारबाही गरी घाईते विद्यार्थीको उपचार र क्षति भएका सामग्रीहरुको क्षतिपूर्ति उपलब्धको माग गरेका छन् ।
क्याम्पसको नियमित पठन पाठन र स्नातक तह दोस्रो वर्षको आन्तरीक परिक्षा संञ्चालन भइरहेको बेला सोमबार विहान ८ः १५ बजे क्याम्पस प्राङगण्मा प्रबेश गरि क्याम्पस प्रशासन, लेखा तथा कक्षा कोठामा आक्रमण गरेका थिए ।
विभिन्न तीन विप्लव, बैध र बाबुराम भट्टराई नेतृत्वको पार्टीका भातृ विद्यार्थी संगठनहरुले आब्हान गरेको शैक्षिक हड्तालका कारण पठनपाठन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ मुल्यबृद्धी फिर्ता लिनुपर्ने लगायतका माग राखी शैक्षिक संस्था बन्दको आह्वान गरेका छन् ।


तोडफोड गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नयाँ शक्ति बिद्यार्थी युनियन, तीन वटा अखिल क्रान्तिकारी,राजपा बिद्यार्थी संगठन,अनेरास्ववियु पाँचौं,समाजवादी बिद्यार्थी फोरम,नेपाल,राष्ट्रवादी बिद्यार्थी संघको आव्हानमा पेट्रोलियम पदार्थमा भईरहेको मुल्य बृद्धि फिर्ता हुनुपर्ने लगायतका माग राखेर सोमवार देश व्यापी शैक्षिक हडताल आव्हान गरिएको थियो ।सोही आव्हानका कारण जिल्लाका सम्पूर्ण निजी बिद्यालयहरु वन्द रहेपनि नीलकण्ठ क्याम्पस नियमित संचालनमा रहेका कारण सोही समूहले तोडफोड गरेको हुन सक्ने अनुमान गरिएको छ ।

