
मलेसिया, जेठ १८ । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । अन्नपुर्ण गाउँपालिका वडा नं. ८ कास्की घर भएका अन्दाजी ४० वर्षका सन्दीप कामीले झुण्डिएर आत्महत्या गरेका छ ।
सन्दीपले मे ९ तारिखका दिन आत्महत्या गरेको भएपनि आवश्यक प्रक्रिया पूरा नभएको कारण शव पठाउन ढिलाइ भएको कम्पनीका एक प्रतिनिधिले जानकारी गराए ।
रोजगारीको लागि ७ वर्ष अगाडि मलेसिया आएका सन्दीप एक पटक पनि नेपाल फर्किएका थिएनन् ।
उनले के कारणले आत्महत्या गरेका हुन खुल्न सकेको छैन । सन्दीपले सिमोनियामा रहेको एक ब्याटरी फयाक्ट्रीमा काम गर्दै आएका थिए ।
