धादिङ जेठ १५ । धादिङबेसी स्थित जिल्ला कारागारबाट १९ जना कैदीहरु जेल मुक्त भएका छन् ।
कारागार नियमावली, २०२० (संशोधन, २०७२) अनुसार असल चालचलन भएका १६ जना कैदीहरुलाई आज गणतन्त्र दिवसको अवसर पारेर धादिङबेसी स्थित जिल्ला कारागारबाट जेल मुक्त गरिएको हो ।
धादिङ कारागारमा रहेका २ सय १८ जना कैदीहरु रहेकोमा १६ जनाको कैद मिनाह भए सँगै अब २०२ जना मात्र कैदी रहेका छन् ।
कैद मिनाहा हुनेहरुमा ६ जना बहुविवाह, ५ जना सवारी ज्यान, १ जना जबरजस्ती करणी, २ जना ज्यान मार्ने उद्योग र २ जना कर्तव्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका थिए ।
