गोरखामा काम नगर्ने ठेकेदारको ठेक्का रद्द

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

गोरखा, जेठ १४ । जिल्ला प्रशासन कार्यालयले काममा लापरबाही गर्ने एनबी कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्ध गरेको छ ।

ठेकेदारसँगको ठेक्का रद्धपछि विद्यालय निर्माणको जिम्मा व्यवस्थापन समितिलाई दिइएको उनले बताए । समितिले २०७५ असार मसान्तभित्र विद्यालयको निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

एनवी कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाइएको पनि प्रजिअ भट्टराईले बताए । कार्यालयले कालोसूचीमा राखेपछि उक्त कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निर्माण सम्बन्धी कुनै पनि ठेक्का पट्टामा प्रतिस्पर्धा गर्न नपाउने उनले बताए ।

ठेकेदारको लापरवाहीका कारण जिल्लाको विकास निर्माण काममा ढिलाई भएको गुनासो बढ्न थालेपछि काम नगर्ने ठेकेदारविरुद्ध प्रशासन कारवाहीमा उत्रिएको हो । प्रशासनले यसअघि नै काममा लापरवाही गर्ने ठेकेदार र योजनाको तथ्याङ्क गृह मन्त्रालय पठाइसकेको छ ।

आरुघाट गाउँपालिका आरुआर्वाङस्थित स्थानीय आधारभूत विद्यालय र धार्चे गाउँपालिका लापुस्थित कालरात्री माविको भवन निर्माण गर्न पद्धति विकास सेवा केन्द्र र गुड नेवर्स नेपाल नामक गैरसरकारी संस्थासँग ठेक्का लिएको उक्त कन्स्ट्रक्सनले समयमा काम पूरा नगरेका कारण ठेक्का रद्ध गरिएको हो ।

एक वर्षभित्र बिद्यालय भवन निर्माण गर्ने सम्झौता भए पनि म्याद थप गर्दासम्म काम सम्पन्न नगरेपछि सम्झौता रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।

‘२०१६ डिसेम्बरमा एक बर्षभित्र भवन निर्माण काम सक्ने गरी ठेक्का सम्झौता भएको रहेछ,’ प्रजिअ भट्टराईले भने, ‘समयमै काम नसकेपछि ४५ दिनको म्याद थप भयो, तर काम भने भएन, त्यही भएर कारवाही स्वरुप ठेक्का सम्झौता रद्ध गरेका हौ ।’