
काठमाडौ, जेठ १५ । विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सादार जित निकालेको छ ।
दोस्रो ब्याटिङ चलिरहँदा १७ ओभरमा ६ विकेट गुमाएर ६७ रनको अवस्थामा वर्षाले खेल स्थगित भयो । प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ रन बनाए ।
त्रिवि मैदानमा वर्षाले प्रभावित खेलमा पुलिसले प्रदेश ७ माथि १ सय ७४ रनको सानदरा जित निकाल्यो । अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले हरायो ।
पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रन बनाएको थियो । प्रदेश ७ ले लक्ष्य पछ्याउँदा पानी प¥यो । त्यसपछि प्रदेश ७ ले नयाँ लक्ष्यका रूपमा ३७ ओभरमा ३ सय ५ रन बनाउनुपर्ने भयो । प्रदेश ७ ले १ सय ३१ रन जोड्दा पुलिसले सानदार जित निकाल्यो ।
