अवको १० वर्षमा सम्वृद्ध गजुरी

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

धादिङ गजुरी, जेठ १५ । घाटवेशी (धादिङ) किराञ्चोक, पिण्डा र गजुरी गाविस गाभेर बनाएको गजुरी गाँउपालिकालाई अवको १० बर्षमा सम्वृद्ध गजुरी गाँउपालिका बनाउन समग्र क्षेत्रको विकासका लािग १० वर्षे गुरुयोजना तर्जुमा कार्य अन्तिम चरणमा पु¥याइएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपाल, वन, पर्यटन, महिला तथा वालवालिका, पूर्वाधार विकास, गैरसरकारी संस्था, उद्यमी व्यावसायी र सहकारी सम्वन्धी दुई सय मुख्य प्रश्नावली र एक ५० भन्दा बढी सहायक प्रश्नावली प्रत्येक घरधुरीमा पुगेर अन्तरवार्ता गरी सुचना संकलन गरिएको गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।

समुदायको आवश्यकता, सुमदायकै सहभागिता र समुदायद्वारा तर्जुमा गरिएको योजना भए मात्र समुदायको अपनत्व हुने भएकाले सहभागितात्मक रुपा योजना तर्जुमा गर्न कायर्यपालिका बैठकले निर्णय गरेको, सरोकारवाला अभिमुखिकरण, गुरुयोजना तर्जुमा समन्वय समिति गठन, वृहत विषयमा घरधुरी सर्भे, अगुवाहरुसंग समुह छलफल, अग्रहज नेतृन्व अन्तर्वाता, गरिएको उपाध्यक्ष सीता ढुंगानाले बताईन ।

गजुरी गाँउपालिकामा रहेको ६२४१ घरधरी मध्ये ५७९१ घरधुरीमा सर्भेक्षण् गरिएको र वाँकी घरधुरीमा मानिसहरु अन्यत्र बसोवास गरेकोले सर्भे गर्न नसकिएको तथ्यांक विद अर्जुन भट्टराईले बताए । सर्भेक्षणले ८४ प्रतिशत घरमुली पुरुष रहेको देखाएको छ । आर्थिक गतिविधिका हिसावले एक जनाले अर्को एक जनालाई पाल्नु पर्ने देखाएको छ । जनसंख्या वृद्धिदर र भन्दा मृत्युदर बढी रहेको छ । तामाङ २५ प्रतिशत र चेपाङ १४ प्रतिशत जनसंख्या रहेको छ । अन्यन्त्रबाट बसाई सराई गरेर आउने क्रम बढो रहेको छ । २०८६ सालसम्म ७१०७ घरपरिवार र ३७२९७ जनसंख्या हुने प्रक्षपण गरिएको भट्टराईले बताए ।

यस गाँउपालिका जलश्रोतमा पनि सवल देखिएको त्रिशुली नदी, मलेखु खोला, गलौदी खोला, दरियाल खोला र बेल्खु खोला साथै स–साना खोल्सीहरु प्रशस्त छन् । विविध हावापानी, वेशी, टार, लेकले उत्पादनमा विविधता, १४ किलोमिटर पृथ्वी राजमार्ग, साविक वडाहरुमा मोटर बाटो पुगिसकेको, मानवीय तथा प्राकृतिक श्रोत पर्याप्त, वाँस अम्रिसो, निगालो उत्पादन, वर्खे आलु समेत उत्पादन, दुईवाली धान उत्पादन गदै आएकोले गजुरी गाँउपालिकाको सम्वृद्धि टाढा नरहेको गुरुयोजना तर्जुमा विज्ञ समुहको नेतृत्व गर्दै आएका स्थानीय समेत डा.षढानन्द कडेलले बताए ।

महाभारत श्रृखलामा कम तौल बढी आम्दानी हुने खालका कृषिजन्य बसतुको उत्पादन गनुृ पर्ने, कृषकहरुलाइृ श्रोत साधर र सीपयुक्त बनाउनु पर्ने कृषि तथा पशुविमा प्रभावकारी तथा अनिवार्य बनाउनुपर्ने सामुदायिक वनको अधिकत्म उपयोग गर्नू पर्ने, कृषि ऋण सर्वशुलभ बनाउन बनाई कृषि पर्यटन जोड दिनु पर्ने विज्ञ समुहका सदस्य तथा स्थानीय डा. तारानाथ पाण्डेले बताए ।

विकास कार्यक्रम त्यतिवेला उपलव्धिमुलक हुन्छ, जतिवेला विकासको योजना तर्जुमा समुदाय आफैले गर्छ । तयस कारण समुदायकै सक्रिय सहभागितामा हरेक वडा तहमा पुगेर समुदायहरुलाई योजना तर्जुृमा कार्यशाला गर्ने गराउन लागेको विज्ञ समुहका डा.कमल फुयाँलले बताए । हरेक वडाले १० वर्षको लागि योजना तयार गर्दछन् । त्यैगरी गाँउपालिका तहमा दिर्घकालिन तथा गौरवका योजना तर्जुमा गरिने डा.पुयाँलले बताए ।

तथ्यांक सार्वजानिकीकरण तथा सवाल प्राथमिकीकरण कार्यक्रममा सहभागि हुनेहरुले समवृद्ध गजुरी बनाउन आ–आफ्नो तर्फबाट योजना तर्जुमा गर्न योगदान गर्ने प्रतिवद्धता गरेकाछन् । वडा स्तरको योजना तर्जुमा कार्यशाला सोमबार बाट शुरु भएको छ ।

तस्वीर ः राजेन्द्र बस्नेत