
धादिङ जेठ १५ । धादिङको गजुरी गाउँपालिका मानेभञ्ज्याङमा प्राङगारिक तथा जैविक प्रविधिको प्रयोग मार्फत खेतीपातीको ज्ञान प्रदान गर्ने गरि कृषक पाठशाला सुरु भएको छ ।
बिषाधीको बढ्दो प्रयोगलाई कमि गर्न कृषकहरू अभिप्रेरित गर्न प्रयास नेपालले यो पाठशाला संचालन गरेको हो ।
जमिनको उर्बराशक्ति कायम राख्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्न प्राङगारिक तथा जैविक प्रविधिको प्रयोग मार्फत खेतीपाती गर्ने ज्ञान,सीप र धारणाको विकास गर्न १६ हप्ता सम्म यो पाठशाला जारी रहने बताईएको छ ।
कृषि जमिनको छनौट, तयारी, बिउ छनौट , स्थानीय मु्त्र, गोबर, तितेपाति, बकाईनो, असुरो लगायत सामग्रीबाट प्राङगारिक तथा जैविक बिषाधी निर्माण र प्रयोग, शत्रु जिव र मित्रु जिवको जानकारी, रासायनिक मल र बिषाधीले मानव स्वास्थ्यमा प्रर्ने असर र अर्गानिक उत्पादनको बिषयमा प्रत्येक हप्ता ३ घण्टाका दरले जानकारी गराइने छ ।
यस अघि जिल्लाको गजुरी ५ मुलखर्क,गजुरी ६ को मिलनटार र बेनिघाटरोराङ गापा २ को लायपुर र भलायखर्कमा संचालन गरिएको थियोे ।
