धादिङ सिद्धलेकमा करेन्ट लागेर एक जनाको मृत्यू

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७५

धादिङ जेठ १४ । धादिङको सिद्धलेक गाउँपालिका ७ पिपल्टारमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।

आइतबार घरको ढलान गरेको र घरको छलमा पानी जम्मा भएको अवस्थामा ढलानमाथी अन्दाजी ५ फिट माथिबाट लगिएको नाङ्गो तारमा छुन पुगी तराई मुलका कामदारको बेलुका ४ बजे करेन्ट लागेर मृत्यूभएको स्थानिय शिक्षक जनक आचार्यले धादिङपोष्टलाई बताए ।

उक्त घर निमार्णमा सरिक भएका भारत मोतिहारी जिल्ला सुगौली श्रीखण्डी घर भएका अन्दाजी वर्ष ३५ का विश्वनाथ महतोको मृत्यूभएको गजुरी प्रहरीले जनाएको छ ।