नयाँ ढाँचाको नेतृत्वको अपरिहार्यता

Avatar photo
Dhadingpost
चैत्र १७, २०७४

धादिङबेसी चैत्र १७ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपालधादिङशाखाको संयुक्त आयोजनामाधादिङबेशी स्थित धादिङ पोष्टको कार्यालय परिसरमा पाँच दिने रुपान्तरित एकीकरण सिद्धान्त सेमिनार सुरु भएको छ ।

एफ्एफ्डब्ल्यूपीयू नेपालका राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणबाट सुरु भएको आजको उद्घाटन कार्यक्रममा समाजका विविध क्षेत्रलाई प्रतिनिधित्व गर्दै समाजसेवी व्यक्तित्वदेखि विद्यार्थीहरु समेत गरी ३० जनाको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक दीपक सापकोटाले जानकारी दिए ।

पाँच दिन सम्म चल्ने सेमिनारमा मानव जिम्मेवारी, नयाँ ढाँचाको नेतृत्व र सशक्तीकरणका साथै समाजमा सकारात्मक रुपान्तरण ल्याउनका लागि व्यक्ति र परिवारले खेल्नुपर्ने अहं दायित्वका बारेमा विभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रश्तुत गर्नुहुनेछ ।