विप्लव नेतृत्वको नेकपा धादिङद्वारा विज्ञप्ती जारी

Avatar photo
Dhadingpost
फाल्गुन ६, २०७४

धादिङबेसी फागुन ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले आज एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

केहि दिन अघि गजुरीमा लागु औषध पक्राउ गर्नु र त्यस लागु औषध ओसार पसारमा संलङ्ग हुन सक्ने आसङ्कामा केहि नेकपा कार्यकर्ता पक्राउ गर्न आपत्ती जनाउँदै विना सर्त रिहा गर्न आग्रह गर्दै विज्ञप्ती निकालेको केहि दिन पछि फेरि अर्को विज्ञप्ती निकाली उक्त घटनामा दोषी उपर कुनै पनि कार्वाही गर्ने पार्टी योजना नबनाएको र निर्देशन नगरेको बताएको छ ।

धादिङपोष्ट सँग कुरा गर्दै नेकपा का नेता बुद्धले भने प्रहरीको हिरासदत्रि रहेका साथीहरुले पार्टीको योजना अनुसार लागु औषत्र कारोबार गर्नेलाई कार्वाही गर्ने पठाएकोले उक्त लागु औषधबोकेको गाडीको पिछा गरेका हो भनि बयान दिएकोले हामीले विज्ञप्ती जारी गर्दै पार्टीको त्यस्तो कुनै योजना नभएको बताए ।