धादिङ अस्पतालमा विशेष नवशिशु उपचार केन्द्र स्थापना

Avatar photo
Dhadingpost
माघ ९, २०७४

धादिङ माघ ९ । जिल्ला अस्पताल धादिङमा नवशिशु ‘विशेष उपचार केन्द्रु स्थापना गरिएको छ ।

नेपाल कै पहिलो यस उपचार केन्द्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य महाशाखा प्रमुख परशुराम श्रेष्ठले उद्घाटन गरेका हुन् ।

जिल्ला अस्पतालको प्रसूति वार्डमा उपचार केन्द्र सञ्चालन गर्न वान हर्ट वल्र्डवाइडले भौतिक पूर्वाधार बनाइदिएको छ।

देशमा सबै सेवा संघीयतामा गइरहेको बेला राजधानीको कान्ति बाल अस्पतालबाट हुने बालबालिकाको सबै उपचार अब प्रदेश र जिल्लाका अस्पतालबाट उपलब्ध हुने गरी योजना अघि बढाइएको महाशाखा प्रमुख श्रेष्ठ बताए ।

नेपालमा हाल वार्षिक १३ हजार शिशुको (जन्मेदेखि २८ दिनसम्म) आकस्मिक उपचार नपाएरै मृत्यु हुने गरको छ ।