धादिङमा साँझ ५ बजेबाट मत गणना सुरुहुने, सर्वदलिय बैठक सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर २१, २०७४

धादिङबेसी मंसिर २१ । धादिङमा मंसिर १० गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा खसेको मतगणना साँझ ५ बजेबाट सुरुहुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङमा आज सम्पन्न सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उमेश कोईरालाले जानकारी गराएका थिए । मतगणना निर्देशिका दल र उम्मेदवारलाई पढेर सुनाउँदै गणना कार्यलाई सहज बनाउन आग्रह गरेका थिए । प्रतिनिधी सभा क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा का उम्मेदवार तथा एमाले नेता राजेन्द्र पाण्डे र नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीले वर्डा गत रुपमा र प्रदेश र केन्द्रको मत एकै पटक गणना गर्न आव्हान गरेका थिए ।

आफ्नो मत राख्दै नेता पाण्डेले माओवादी केन्द्र धादिङका अध्यक्ष तथा प्रदेश उम्मेदवार शालिकराम जमकट्टेललाई व्यङ्ग्य गर्दै पार्टी एकता भैसकेको छैन तपाई पनि पार्टीको धारणा राख्न आव्हान गरेका थिए । पाण्डेको भनाई सुन्दै जमकट्टेल मुसुमुसु हाँसेर बसेका थिए भने बैठकमा सहभागीहरुको हाँसोले हल गुन्जेको थियो ।

धादिङमा मुख्य निर्वाचन अधिकृत कोईरालाले दलहरुको कुरालाई गम्भरिताका साथ लिएको र प्रतिनिधि सभा र प्रदेशको मत एकैपट गन्न निर्देशिकाले बाटो खुल्ला गरेकोले एकै पटक गन्र्ने गरि तयारीमा लाग्छौ तर वर्डागत रुपमा मत गन्न निर्देशिकाले नदिएको बताएका थिए ।

निर्देशिकाको आचार संहिता सुनाउँदै अधिकृत कोईरालाले ढुवानीको क्रममा मतपेटिकाको शिल्ड तोडिएको वा कुल खसेको मत सङ्ख्या र मत पेटिका भित्रको मत सख्या मेल खान नगएपनि ति मतपेटकिाको मत गणना हुने बताएका थिए ।