समाजसेवी लोक दाहाल सम्मानित

Avatar photo
Dhadingpost
अशोज ३१, २०७४

धादिङबेसी आश्विन ३१ । समाज सेवामा सकृय रहेको भन्दै धादिङ बुढाथुमका लोक दाहाल उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ्ग) को हातबाट सम्मानित हुनु भएको छ ।

गन्तव्य नेपाल ग्रुपद्वारा संचालित गन्तव्य नेपाल न्यूजले भुकम्प पिडितहरुलाई खाद्यान्न देखि आवास निर्माणमा सहयोग, राउटेको स्वास्थ्य उपचार देखि देशका विभिन्न भागमा स्वास्थ्य उपचार देखि शिक्षा क्षेत्रमा उच्च सहयोग प्रशंषा गर्दै उपराष्ट्रपति पुनको हातबाट लाहाललाई सम्मान गरेको हो ।

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष समेत रहेका धादिङ बुढाथुमका दाहाल एनआरएनको काठमाडौमा सम्पन्न हुँदै गरेको अधिवेशनमा शरिक हुनुहुन्छ । मंगलबार काठमाडौमा भएको गन्तव्य नेपालको चौथो वार्षिकोत्सवको अवसरमा आफुलाई राष्ट्रपतिको हातबाट सम्मानित गरिएकोमा खुसि व्यक्त गर्दै उहाँले समाज सेवामा थप हौसला मिलेको बताउनु भएको थियो ।