तामाङ चलचित्र “सिंला माने” सार्वजनिक

Avatar photo
Dhadingpost
अशोज २९, २०७४

धादिङ असोज २९ । तामाङ कथानक चलचित्र “सिंला माने” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । तामाङ समुदायको कला संस्कृति, भेष भुषा तथा रितिरिवाजमा समर्पित “सिंला माने” शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

कुमार शाक्य निर्माता रहेको तामाङ कथानक चलचित्र “सिंला माने” को बिशेष अतिथि कलाकारको भूमिमा चर्चित निर्देशक तथा मोडेल एवं नायक राज किङ वाईबा र चर्चित म्हेन्दोमाया गायिका तथा मोडेल छिमी मम्बा छन् ।

यस्तै मुख्य कलाकारहरुमा आरम्भ तामाङ, बेली तामाङ, नायक बिमला तामाङ, नायिका बिना लामा, प्रकाश वाईबा तामाङ नव कलाकारहरु नुलुमाया तामाङ, सिरिमाया तामाङ, रिमान तामाङ, बिकाश तामाङ, चन्द्र तामाङ लगायतले भभिनय गरेको देख्न सकिन्छ ।

नरमान तामाङ ‘रबिन’को लेखन तथा निर्देशन रहेको यस चलचित्रमा द्धन्द्ध निर्देशन राजेन्द्र चौधरी, नृत्य निर्देशक धनबहादुर गुरुङ ९ गणेश०, सम्पादन मित्र देब गुरुङले गरेका छन् । धादिङ जिल्लाको उत्कृष्ट तथा पर्यटकीय, धार्मिक स्थल सिंला लगायतका विभिन्न ठाउँहरुमा छायांकन यस चलचित्र फापरे फिल्मस्ले सार्वजनिक गरेको हो ।