धादिङ–पोखरा सम्पर्क समाजको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
अशोज २९, २०७४

धादिङबेसी आश्विन २९ । धादिङ–पोखरा सम्पर्क समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धादिङबाट पोखरामा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका धादिङबासीको धादिङ–पोखरा सम्पर्क समाजको १९ औं वार्षिक साधारणसभा नीलकण्ठ नगारपालिकाका उपप्रमुख मनराज भण्डारीले उद्घाटन गर्नुभएको हो ।

आईतबार पोखरामा सम्पन्न उक्त साधारणसभामा अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालका अध्यक्ष दीपेन्द्र राइ, अर्घाखाँची–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्ण पाण्डे, धादिङ पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारीले समाजका संस्थापक सचिव रामकृष्ण दवाडीले हिजोको दिन सम्झँदा र आजको दिन हेर्दा संस्थाको प्रगतिप्रति आफू निकै साधारण सभामा शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौला, उपाध्यक्ष एवं कार्यक्रम संयोजक शम्भुु अधिकारी, महासचिव हरि पन्त, सचिव योगप्रसाद सापकोटा, कार्यसमिति सदस्य सरस्वती श्रेष्ठ, पूर्व अध्यक्षहरू रुद्रप्रसाद खनाल, कृष्णकुमार श्रेष्ठ, बलराम खतिवडा, सल्लाहकार केदार धमला, पूर्व कोषाध्यक्ष प्रेम थापा, पूर्व सल्लाहकार प्रकाश दुलाल, ज्वालामुुखी गाउँपालिका इकाइका अध्यक्ष शेरबहादुर अधिकारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की उपाध्यक्ष दधी सुवेदी लगायतले बोलेका थिए । उक्त अवसरमा समाजका पूूर्व अध्यक्ष बलराम खतिवडालाई सम्मान गरिएको थियो ।