ठगहरुको कथा :

Avatar photo
Dhadingpost
अशोज ७, २०७४

Netra Paudel
एउटा गाउँमा ठगहरुको बस्ती नै रहेछ ।उनिहरु हरेक दिन ठगीका नयाँ नयाँ शैली अपनाउदै आफ्नो जिबिका चलाउन ठगिलाइ नै पेशा बनाइ रहेका थिए ।
एक दिन एकजना किसानले गाउँ बाट घोर्ले खसी किनेर तेहि गाउँबाट आउदै गर्दा समुहमा रहेका ठगहरुले तुरुन्तै अलग अलग एकले अर्कालाइ नदेख्ने गरि बस्ने सल्लाह मिलाइ हाले जब किसान लाई पहिलो ठगले भेट्यो स्वभाबिक रूपमा भन्यो ओहो दाजु कति राम्रो कुकुर लिएर आउनु भएछ मिल्ने भए यतै छाडेर जानुहोस न राती चोर हरुले धेरै दुख दिइरहेको छ यो कुकुरले केही सहयोग गर्थ्यो कि…
किसानले रिसाउदै भन्यो कुकुर र खसी पनि चिन्दैनौ दशैको लागि खसी किनेर ल्याएको….
फेरि ठगले भन्यो तपाइँ राम्रै सङ ठगिनु भएछ घरमा पुगेपछि श्रीमतीको लाठो खाने भयौ ..
यो कुरामा किसानले खासै चासो राखेन आफ्नै शुरमा अगाडि बढे ।
केहिपर पुगेपछि दोस्रो ठगले पहिलो ठगको जस्तै गरि किसान सङ कुरा राख्यो किसान थोरै झस्किए र अलि पर गएर आफ्नो खसिलाइ फर्किएर हेरे तर खसीमा कुनै संका थिएन..
किसान अझै अगाडि बढे फेरि तेस्रो ठग देखियो र पहिलो ठगकै कुरा दोहोर्‍यायो तेसले किसानमा झनै झस्का दिन थाल्यो र फेरि खसिलाइ छामछाम छुमछुम नै पार्न थाले कुकुरका कुनै लक्ष्यण थिएन खसी लिएर अगाडि बढिरहे ।फेरि चौथो ठग भेटिए र पहिलो ठगकै कुरा दोहोर्‍याए अब भने किसानमा चक्कर चल्न थाल्यो र आफुलाइ कुनै जादुगरी साच्चै ठगेकी केहो भन्ने भान पर्न थाल्यो तर पनि उनी खसी डोर्‍याउदै हिडिरहे जब उनको पाचौं ठगसङ भेटभयो र उसले पनि पहिलो ठगकै कुरा दोहोर्‍याए पछि हार खाएर किसानले सोच्यो साच्चै आज मलाइ के जादु गराएर कुकुरलाई खसी देख्ने बनाए भनी आफुलाइ पाचौ जनाले उल्लु देखे पनि परिवार बाट भने त्यो नदेखुन भनी खसिलाइ तेहि छाडेर घरतिर लागे ।
तेस पछि ठगले खसी समातेर झार्यो र पाचै जना ठगले तेसै दिन दशै मनाए…..
आज २ नम्बर प्रदेशको निर्बाचन परिणाम आइरहदा करिब २ बर्ष देखि एमालेलाई कम्जोर बनाउन अन्तिम अस्त्रको रुपमा मधेस बिरोधी भनेर लगाइरहेको रोइलोले यो कथालाई जिवन्त बनाएको महसुस भएको छ…… आजको फेसबुक