शहीद स्मृति आयुर्वेद हस्पिटल संचालनमा

Avatar photo
Dhadingpost
अशोज ५, २०७४

धादिङ आश्विन ५ । धादिङ आगिञ्चोकका कल्याण भण्डारीले शहीद स्मृति आयुर्वेद हस्पिटल संचालनमा ल्याएका छन् ।

योग विज्ञानका अभियान्ता डा.योगी विकाशनन्दले एक औपचारिक कार्यक्रम मार्फत रिवन काटेर उद्घाटन गरे सँगै भण्डारीको शहीद स्मृति आयुर्वेद हस्पिटल संचालनमा आएका हो ।

हस्पिटल उद्घाटन गर्दै डा विकाशान्दले सकारात्मक सोच, योग र आयुर्वेदका विषयमा प्रवचन दिँदै आयुर्वेद उपचार विधि नै मानव स्वस्थ्यको दिर्घकालिन उपचार विधि भएको बताउनु भएको थियो ।

काठमाडौ बालाजु चोकमा रहेको यस अस्पतालमा टाउको तथा मानसिक रोग सम्बन्धी, मुख तथा घाँटी सम्बन्धी, स्वासप्रस्वास सम्बन्धी, पेट सम्बन्धी, नशा तथा हाड जोर्नी सम्बन्धी, पिसाव सम्बन्धी, यौन सम्बन्धी, दिर्घ रोगहको आयुर्वेदका वरिष्ठ डाक्टरहरुद्वारा उपचार गराईने संचालक कल्याण भण्डारीले बताउनु भयो ।

महिला विरामीहरुका लागि महिला डाक्टरहरुले मात्र उपचार गर्ने गरि सुरुगरिएको यस अस्पतालले सबै प्रकारका आयुर्वेदिक औषधीहरुको विक्रिवितरण पनि गर्ने भण्डारीले धादिङपोष्टलाई बताउनु भयो । आज अस्पतालको उद्घाटनको दिन भएकोले दिनभर उपचारमा आएका विरामीहरुको निशुल्क उपचार गरिएको थियो ।