थोपल हात्तीबुडे दहमा ढुबेर बालकको मृत्यू

Avatar photo
Dhadingpost
भदौ २९, २०७४

धादिङबेसी भाद्र २९ । धादिङबेसी नजिकै थोपल खोला स्थित हात्तीबुडे दहमा डुबेर १४ वर्षिय शितल अधिकारीको मृत्यू भएको छ ।

धादिङबेसी स्थित बालमन्दिरमा कक्षा ७ मा अध्ययनरत अधिकारी दिनभर स्कुलमा भएको बालदिवस कार्यक्रममा सहभागि भएका थिए ।

धादिङबेसीमा असाध्य गर्मी बढेको थियो त्यहि भएर उनी हात्तीबुढे दह नुहाउन गएको हुन सक्ने आलन गरिएको छ, अधिकारीलाई उपचारको क्रममा जिल्ला अस्पताल ल्याउदै गरेको अवस्थामा बाटो मै मृत्यू भएको प्रहरीले जनाएको छ ।