
धादिङ भाद्र ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा राष्ट्रिय कलाकारको वेजाडे प्रस्तुती रहको थियो ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा चरौँदी समाज सुधार युवा क्लवद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु पुस्कल शर्मा, कुसल वेलबासे, सागर गुरुङ, रमिला न्यौपाने, विन्दा परियार र हाँस्यकलाकारहरु निर आले र रमेश दुलालको बेजोड प्रस्तुती रहेको हो ।
बृहत साँस्कृतिक कार्यक्रमलाई शुभकामना दिँदै कार्यक्रममका प्रमुख अतिथि बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तिर्थबहादुर डल्लाकोटीले पर्व विशेष, कला संस्कृति जोगाउने विषयमा गाउँपालिकाले नीति नै तय गरेको हरेका जात जाती भाषाभाषीको पहिचान साथै लोक संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्न आफु प्रतिवद्ध रहेको बताउनु भएको थियो ।
चरौदी बजारको खेल मैदान दशर्नकले भरिएको थियो भने आसपासका घरको थल वार्दलीमा नबस्न कार्यक्रम संचालक तथा संचार कर्मी सागर गुरुङले पटक पटक अनुरोध गर्नुपरेको थियो । हाँस्य कलाकार नीर आले र रमेश दुलाल ले आफ्नो प्रहसनलाई दर्शक दिर्घाको विच मै पुगेर दर्शकहरुको हाँसो आँसु झर्ने गरि हँसाएका थिए भने स्वारका धनी पुस्कल शर्माले नतमस्तक बन्ने गित देखि इमोसनल गितको दर्शकले खुबै रुचाएको देखिन्थ्यो ।
यस्तै लोक गाईका विन्दा परियार रमिला न्यौपाने लगायतले दर्शकहरुलाई मजैले नचाएका थिए । यस्तै आज नीलकण्ठ नगरपालिका सुनौलाबजार, गजुरीको मलेखु, त्रिपुरा कुन्दरीको खहरे लगायतका ठाउँहरुमा पनि भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
चरौँदीमा भएको कार्यक्रमको फोटोहरु







