धादिङका दुई श्रष्टा लक्ष्मी शाहा र मनमायाँ वाईवा सम्मानित

Avatar photo
Dhadingpost
भदौ ६, २०७४

धादिङ साउन ६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङको आयोजनामा धादिङबेसीमा श्रष्टा सम्मात तथा तीजको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङबेसी स्थित खुल्ला मञ्चमा मंगलवार तीजको अवसरमा आयोजित गरिएको साँस्कृतिक कार्यक्रममा धादिङका दुई श्रष्टालाई प्रतिष्ठानले सम्मान गरेका हो ।

०५१ सालमा नेपाली बजारमा आएको शिरमा रातो रिवन लोक गीतको गायीका लक्ष्मी शाहा र नेपाली समाजमा मर्म स्पर्सी बन्न सफल भएको उत्कृष्ठ गीतको गायीका मनमायाँ वाइवालाई कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना र विशेष अतिथि नेपाली काँग्रेसका सभापति रमेश धमलाले सम्मानित गर्नु भएको थियो ।

लामो समय पछि गीत संगितले मंगलबार तातेको खुल्लामञ्चमा राष्ट्रिय तथा स्थानिय कालाकारहरु हिमाल घले, मनमायाँ वाईवा, रितु लामा, सिता थापा, टिकामायाँ गुरुङ, सिताराम परियार, राकेश गुरुङ, कोपिला अधिकारी, टिका चोत्खेल, खेमजी राना लगायतको बेजोड प्रस्तुती रहेको थियो ।

दर्शकलाई छमछमी नचाएको उक्त साँकृतिक कार्यक्रममा हाम्रै गाउँ टोलमा रहेर पनि ओझेमा परेको हाँस्य कालाकारीतालाई दर्शक माझ बाहिर ल्याईएको थियो । स्थानिय स्थरका कलाकारीतालई जोड दिएको यस कार्यक्रममा भर्खर हाँस्य विधामा प्रवेस गर्ने जमर्को गरेका धर्मेन्द्र श्रेष्ठ, मनिश श्रेष्ठ र रवि भट्टराईले दर्शकलाई पेट मिचि हँसाएका थिए ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै कार्यक्रमा सभापित तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङ अध्यक्ष हिमाल घलेले लोक संस्कृती जगेर्ना र धादिङका कलाकारहरुको रक्षा गर्नु प्रतिष्ठानको दायित्व भएको बताउनु भएको थियो ।