आयो बुढा बुढी एक्सप्रेस

Avatar photo
Dhadingpost
साउन ११, २०७४

धादिङ साउन ११ । “बुढाबुढी एक्प्रेश” लिएर आक्रामक रुपमा प्रस्तुत भएकी छिन् सरिता प्रजापति ।
गीत संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सरिता प्रजापति यो पटक “बुढाबुढी एक्प्रेश” लिएर आएकी हुन् ।

हरेक तीजको अवसरमा तीज विशेष गीतहरु गायर सबैलाई नचाएर वर्षैपिच्छे नौलो स्वाद चखाउँने उनको सोख यसपटको “बुढाबुढी एक्प्रेश” ले पुरा गर्ला या नगर्ला हुर्न बाँकी नै छ ।

गतसाल सर्वाधिक चलेको “आइ लभ यू भन्छु काले माइण्ड नगर” म्यूजिक भिडियोले त बजारै पिट्यो, यसपालीको तीजको रन्कोमा प्रजापतिले “बुढाबुढी एक्प्रेश” लिएर आक्रामक रुपमा हाजिर भएकी छिन्।

“बुढाबुढी एक्प्रेश”को म्यूजिक भिडियोको दृष्य देख्दा बुढी ड्राइभर बन्दा बुढो खलाँसी, बुढो ड्राइभर बन्दा बुढी खलाँसी, यो दृष्यले साच्चै नै दर्शक श्रोताको मन त खिच्ने नै छ ।

रेशम सापकोटाको लय र शब्द श्रृजना बनेको यस्तो रोमाञ्चकारी तीज विशेष म्यूजिक भिडियोमा स्वर रहेको छ ।
“बुढाबुढी एक्प्रेश” को सम्पादन कक्ष धिताल फिल्मस् प्रा।लि। मा भएको हो भने उत्पादक तथा वितरक तरेली संगीत कुञ्ज, काठमाडौले जिम्मा लिएको छ।