बाख्रा वितरण पछि विद्यालयका अभिभावक हर्षित

Avatar photo
Dhadingpost
साउन ३, २०७४

धादिङ साउन ३ । विद्यालयमा अध्ययनरत विद्यार्थीका अविभावकहरुलाई बिऊ पुँजी स्वरुप बाख्रा वितरण गरेपछि अभिभावकहरु हर्षित भएका छन् ।

नेत्रावती काउँपालिका अन्तरगत सेमजोङमा रहेको चौतारा प्रा।बि।का अभिभावहलाई काठमाडौ स्थित कादाम्बारी मेमोरियल कलेजले बिऊ पुँजी स्वरुप बाख्रा वितरण गरे पछि अभिभावकहरु हर्षित भएका हुन् ।

०७२ साको भुकम्प पछि विद्यार्थीलाई खाजा सहयोग गर्दै आएको यस कलेजले विद्यार्थीलाई पठनपाठन गर्न सजिलो होस् भनेर आम्दानीको लागि मंगलबार बिहान बिऊ पुजी स्वरुप बाख्रा वितरण गरिएको विद्यालयकी शिक्षिका धनमायाँ तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

भुकम्प गए लग्गतै सामाजिक कार्यकर्ता बनेर सेमजोङ पुगेका कादाम्बारी मेमोरियल कलेज काठमाडौंका शिक्षक विद्यार्थीहरु सामु आफुहरुले सहयोग गरि दिन अनुरोध गरे सँगै उहाँहरुले सहयोग गर्दै आएको शिक्षिका तामाङले बताउनु भयो । उहाँले तत्काल उत्पादन दिन सक्ने वयस्क बाख्रा वितरण गरेर विद्यालय र अभिभावलार्य सहयोग गरेकोमा खुसि व्यक्त समेत गर्नु भयो ।