ज्वालामुखीको रणनैतिक योजना तयार

Avatar photo
Dhadingpost
असार २५, २०७४

धादिङ असार २५ । समृद्ध ज्वालामुखी हाम्रो परिकल्पना भन्ने मुल नाराको साथ ज्वालामुखी गाउँपालिकाको १ दिने रणनितिक योजना तयार गरिएको छ ।
ज्वालामुखि गाउँपालिकाको विकास र भावि योजनाका लागि आयोजना गरिएको कार्यक्रममा समुहगत रुपमा छलफल गरि रणनैतिक योजना तयार गरिएको हो । समुहगत रुपमा ६ समुह बनाई योजना खाका तयार गर्दै १ बर्षे योजना निमार्ण को लागि सामाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपत व्यावस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तय व्यावस्थापन तथा सुशासनका विषयमा सहभागिले समुहगत रुपमा भावि योजना तयार पारेका थिए ।

विभिन्न तयारी स्वरुप तयार पारिएको योजना कार्यन्यन गर्न आफुहरु लाग्ने गाउँपालिका अध्यक्ष विनोद तिमल्सेनाले धादिङपोष्टलाई बताउनु भयो । रणिनितिक योजना निमार्ण कार्यक्रममा धादिङको विकासमा विगतको सिकाई, अनुभव र भविष्यमा लिनुपर्ने रणनिति र गाउँपालिकाको विकास र चुनौतिका बारेमा जिविस पुर्वसभापति खेम लोहोनीले सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै गाउँपालिकाको वर्तमान , समस्या, सम्भावना, विकास मोडल र योजना खाँकाको बारेमा डा. प्रताव छत्कुली सहजिकरण गर्नु भएको थियो । शनिबार सम्पन्न भएको कार्यक्रममा सांसद गुरु बुर्लाकोटी, पुर्व सांसद रामनाथ अधिकारी, लगायत विभिन्न क्षेत्रसंग संबन्धित व्यत्तिहरुको उपस्थिति प्रमोद भट्टले जानकारी दिनु भयो ।