एड्भान्स एकेडेमी/कलेजमा व्यवस्थापन संकायको पढाई सुरु

Avatar photo
Dhadingpost
असार २२, २०७४

धादिङबेसी असार २२ । विगतको एस्एल्सी र भर्खरै सम्पन्न भएको एस्ईई परिक्षाका उत्कृष्ट नतिजा ल्याउन सफल धादिङबेसी पुछारबजारमा रहेको एड्भान्स एकेडेमीले प्लस टु सञ्चालनमा ल्याएको छ ।

नीजी विद्यालयहरुको शिक्षण विधिका माझ आफ्नो शिक्षण विधि पृथक रहेको बताउँदै आएको यस विद्यालयले आफ्नो स्थापना काल देखि नै उत्कृष्ट नतिजा ल्याई रहेकाले कक्षा ११ मा विद्यार्थीको ध्यानाकृष्ट भएको देखिन्छ ।

एस्ईईको नतिजा सार्वजनिक भए पश्चात विद्यार्थीहरु कक्षा ११ पढ्न कहाँ जाने, राम्रो कलेजको खोजिमा छन् । यहि अवस्थामा एड्भान्स एकेडेमीले व्यवस्थापन संकाय संचालनमा ल्याएको हो । विद्यालय स्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल छौँ, प्लस टुमा पनि हामीले दक्ष र अनुभवी शिक्षकहरु ल्याएका छौँ भन्दै अध्ययनको गुणस्तरमा कुनै कमि हुन नदिने प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनु भयो ।

हाम्रो चिन्ता विद्यार्थीको पढाइमा हुने छ, विद्यालयको जस्तै भिन्न र जिवन व्यवहार सँग मेलखाने शिक्षण विधि यस कलेजको हुनेछ । हामी सँग निश्चित कोटामा त्यसमा पनि व्यवस्थापन संकाय मात्र पठनपाठन गराईने बुढाथाकीले धादिङपोष्टलाई बताउनु भयो ।

धादिङबेसीमा रहेको रेडियो बिहानी नजिकै रहेको एड्भान्स एकेडेमी /कलेज व्यवस्थापन संकाय पढ्ने विद्यार्थीलाई उपयुक्त गन्तब्य हुनसक्छ ।