कल्पना धमलाको साख जोगिएन धादिङमा, नयाँ शक्तिका सबै प्रमुखको धरौटी जफत

Avatar photo
Dhadingpost
असार २२, २०७४

धादिङ असार २२ । लोकि प्रियताको सुचिबाट नयाँ पार्टी गठन गर्न पुगेका पूर्व प्रधान मन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिमा धादिङबाट सुरुमा कल्पना धमला लगायतको टिम सहभागि भएको थियो ।

नयाँ शक्तिको उदय सँगै आर्थिक र विकासलाई जोडेर स्थानीय तहको निर्वाचनमा होमिएको नयाँ शक्तिको शाख धादिङमा पूर्व सभाषद समेत रहेकी कल्पना धमलाले जोगाउने आँकलन गरिए पनि धादिङमा नयाँ शक्ति बाट पालिका प्रमुखका लागि उम्मेदवारी दिएका सबै उम्मेदवारहरुको धरौटी जफत भएको छ ।

पूर्व सभाषद एवम् पूर्व विज्ञान मन्त्री समेत रहेकी नेपाली कम्यूनिष्ट आन्दोलनको चर्चित महिला नेतृको रुपमा परिचित धमलाको जिल्लाको रुपमा हेरिएको धादिङ जिल्लाका ३ पालिका गंगाजमुना, बेनिघाट रोराङ र सिद्धलेकमा कुनै पनि पदमा उम्मेदवारी दिएको थिएन ।

अन्य खनियाँबास गाउँपालिका बाहेक अन्य सबै पालिका प्रमुखमा उम्मेदवारी दिईएको थियो । चुनावमा सहभागि भैसके पछि जित हारलाई सामान्य रुपमा लिइन्छ तर धरौटी नै जफत हुने गरि लज्जास्पद ढंगले हामीले हारियो हामीले यो हारलाई उम्मेदवारको भन्दा पनि कल्पना लगायत केन्द्रिय टिमको साख जोगाउन गारो भएको बुझेका छौ, नयाँ शक्ति धादिङका एक नेताले धादिङपोष्टलाई बताए । नयाँ शक्ति केन्द्रिय नेताको परिचय बोकेर कार्यक्रममा आसन ग्रहन गर्ने चुनावको रणनीतिहरु शुन्य अब कल्पनाहरुले आत्म समिक्षा गर्न जरुरी छ । मित्र सक्तिलाई दुस्मन र दुस्मनलाई मित्र देख्ने जुन परिपार्टी नयाँ शक्ति भित्र छ त्यसको बहस हुन जरुरी रहेको पनि ति नेताले बताए ।

जिल्ला उत्पेरक कै धरौटी जफत भयो अरुको त के कुरा गर्ने ? विकास र आर्थिक समृद्धीको नारा बोक्ने चुनावमा कति कतैबाट खर्च जोहो गर्न नसक्ने इतिहास रचेका युद्धबाट आएका पहिला मन्त्री बनेका व्यक्तिहको चर्चा तिर लागियो अन्य दलहरुले धान छरे सरह पैसा छरे अनि हामीले कसरी चुनाव जित्ने ति नेताले भने ।

धादिङ जिल्लाबाट ९१ जना विभिन्न पदका लागि उम्मेदवारी दिएको नयाँ शक्ति धादिङले विजयको झण्डा फहराउन त चुक्यो नै तर ८७ जनाको धरौटी नै जफत हुुनेगरि पराजित भयो ।

जमानत जफत भएका पालिका प्रमुख पदका उम्मेदवारहरुः
नीलकण्ठ नगरपालिकाबाट केशवराज अधिकारी, धुनीबेसी नगरपालिबाट सुरेन्द्र तामाङ, गजुरी गाउँपालिकाबाट दिनेश भण्डारी, गल्छी गाउँपालिकाबाट नकुल थापा, ज्वालामुखिबाट गोपाल तिवारी, त्रिपुरासुन्दरीबाट हरिप्रसाद धरेल, थाँक्रे गाउँपालिकाबाट सेती मायाँ तामाङ, नेत्रवाती गाउँपालिकाबाट जिल्ला उत्पेरक टेकबहादुर तामाङ, रुबीभ्यालीबाट इमान तामाङ रहेका छन् ।

यस्तै जमानत फिर्ता हुने उम्मेदवारहरुः
खनियाबासबाट उपाध्यक्ष उम्मेदवार निकिता तामाङ, नेत्रावती गाउँपालिका वडा २ का अध्यक्ष उम्मेदवार सुरेश तामाङ, २ कै वडा सदस्य गिता विक, र नेत्रावती गाउँपालिका वडा ३ का अध्यक्ष उम्मेदवार सुकराम तामाङ जसको जमानत जफत भएन ।