छ म सङ सबै छ, छैन तिम्रै अभाब छ

Avatar photo
Dhadingpost
असार २२, २०७४

धादिङ असार २२ । छ म सङ सबै छ, छैन तिम्रै अभाब छ, आशु खसाउने गजल लिएर बजारमा आएका छन् गायक थानेश्वर गौतम ।

सुमधुर आवाजका धनि गायक थानेश्वर गौतमले एक पछि अर्को गर्दै नया गजल म संग सबै छ बजारमा ल्याएका हुन् । गजलमा आफुसंग सबै भएको तर आफुले मन मुटु देखि माया गरेको मन भित्रको नभएको कुरा, भुल्न खोज्दा आफ्नो मुटुबाट भुल्न पाउदैनस् भन्ने दबाबको कुरा अनि साथमा त्यहि सराबी माहोल बनाउदै दिन काट्न परेको कुरा गजलमा प्रष्तुत गरि गरेका छन् ।

टिएस क्रियसनद्वारा बजारमा आएको गितमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतम आफैको संगीत र आवाज, बिष्णु अधिकारीको एरेन्जर रहेको छ, आवाजमा जादु चलाएर सबैलाई लठ्ठ पारिदिने गायक गौतमले यस अघि नेपाली शास्त्रीय गजल गायनमा अलि फरक प्रभाब जमाउदै साथमा मौलिक गितहरु सालैजो, रोइला, पन्चेबाजा, चलचित्र लगाएत अन्य धेरै विधाबाट कोसेली बोकेर स्रोता दर्शक माझ आइसकेका छन् ।

छ म सङ सबै छ, छैन तिम्रै अभाब छ
सक्दिन भुल्न तिमी, यो मुटुको दवाब छ ।

म डुब्छु तिम्रै कल्पनामा, लाग्छ तिमी छौ संगै
चिहाइ हेर म भित्र, अझै तिम्रो प्रभाब छ

बाँकी भिडियो हेर्नुहोला