एमाले निकट अखिलद्वारा एसईई सहभागि विद्यार्थीलाई सम्मान

Avatar photo
Dhadingpost
असार १५, २०७४

धादिङ असार १५ । नेकपा एमाले निकट अखिलले ०७३ सालको माध्यामिक परिक्षामा एसईई सहभागि धादिङका विद्यार्थीलाई सम्मान गरेको छ ।

नेकपा एमालेका पोलिटब्यूरोे सदस्य तथा पूर्व मन्त्री डा. गंगालाल तुलाधरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ३.८५ उत्कृष्ट जिपिए प्राप्त गर्ने सिद्धलेक घर हुने अविना अर्याल लगायत २५० जना भन्दा बढी विद्यार्थीहरुलाइ सम्मानित भएका थिए ।

अनेरास्ववियु जिल्ला कमिटि धादिङका अध्यक्ष सुधिर विसुरालको अध्यक्षता सम्पन्न सम्मान कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भूमि त्रिपाठि, अनेरास्ववियु केन्द्रिय कमिटिका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख सुदर्शन शिवाकोटि, सचिवालय सदस्य वाङछु योञ्जन, निर्वाचन आयोगका सचिव रमेश प्रधान, केन्द्रि कमिटिका सदस्य सन्तोष राना क्षेत्रि, विभिन्न विद्यालय तथा कलेजका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।