नीलकण्ठका मेयर र उपमेयरलाई बधाई तथा शुभकामना

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७४

धादिङ जेष्ठ १३ । धादिङ उद्योग वाणिज्य संघले नीलकण्ठ नगरपालिकामा निर्वाचित मेयर भिमप्रसाद ढुङुगाना र उप-मेयर मनराज भण्डारीलाई एक विशेष कार्यक्रम आयोजना गर्दै बधाई तथा शुभकामना दिएको छ ।

धादिङबेसी स्थित संघको कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गर्दै नव निर्वाचित मेयर भिमप्रसाद ढुङ्गानाले चुनावी रौनक सकिएको छ, अब हामी सबै मिलेर नीलकण्ठ कसरी समृद्ध र नमुना नगरपालिका बनाउने विशेष प्लान बनाईने बताउनु भएको थियो । समुन्नत र आर्थिक समृद्धिका लागि व्यवसायीहरुको महत्वपूर्ण भुमिका रहने हुँदा व्यावयाय प्रवद्र्धनका लागि विशेष योजनाहरु ल्याईने समेत ढुङ्गानाले बताउनु भएको थियो ।

बधाइ तथा शुभकामना दिँदै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोदनाथ दुवाडीले लामो समय देखि रिक्त रहेको स्थानिय तहमा जननिर्वाचत प्रतिनीधिहरुले राम्रो उल्लेखनिय जनमुखि काम गर्ने अवसर रहेको हुँनाले पार्टी राजनीति भन्दा माथि उठेर जनपक्षिय काम गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त अधिकारी धादिङ उद्योगवाणिज्य संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।