नीलकण्ठको मेयरमा भिम ढङ्गाना र उपमेयरमा मनराज भण्डारी विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ६, २०७४

 


धादिङ जेष्ठ ६ । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा भारि मतले भिम ढुङ्गाना र उप मेयरमा मनराज भण्डारी भारि मतले विजयी भएका छन् ।

नीलकण्ठको मत परिणम सँगै धादिङको मत गणना सकिएको छ । नीलकण्ठ नगरपालिका स्थित वर्डा ३ को मत गन्नु अगावै निर्वाचित बनेका भिम ढुङ्गानाले १३,१६६ मत ल्याई एमालेका अर्जुन श्रेष्ठ गोर्खालीलाई पराजित गर्नुभएको थियो । पराजित श्रेष्ठले जम्मा ६,६९० मत ल्याउनु भएको थियो ।

त्यस्तै उप मेयरमा भण्डारीले १०,३२३ मत मा साथ विजयी हुनुभएको थियो उहाँको प्रतिद्वन्दी एमालेकी गङगादेबि श्रेष्ठ ले ७,४४४ मत ल्याउनु भएको थियो ।

यस्तो रह्यो नीलकण्ठको मत परिणाम
मेयरमा भिम प्रसाद ढुंगाना, नेपाली कांग्रेस:१३,१६६
मेयरमा अर्जुन कुमार श्रेष्ठ गोर्खाली एमाले: ६,६९०
उप-मेयरमा मनराज भण्डारी ञशैलेसझ९माओवादी केन्द्र०.१०,३२३
उप-मेयरमा गङगादेबि श्रेष्ठ एमाले: ७,४४४
वडा न १– खाल्टेमा माओवादी केन्द्र बिजयी
वडा न २- निलकण्ठमा माओवादी केन्द्रका ध्वज बहादुर गुरुङको प्यानल बिजयी।
वडा न ३-नेपाली कांग्रेसका होमनाथ रिजालको सम्पुर्ण प्यानल बिजयी।
वडा न ४- नेपाली कांग्रेसका शिबराज गिरि ६५१ मतका साथ सम्पुर्ण प्यानल बिजयी। साथै उहाँका प्रतिद्वन्द्वी एमालेका हरि श्रेष्ठलाई ६२१ मत प्राप्त ।
वडा न ५- खाल्टेमा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ बिजयि
वडा न ६- एमालेका उद्दप रिजाल ५३१ मतका साथ बिजयी
वडा न ७- नेपाली कांग्रेसका गौतमहरि अधिकारी ६४८ मतका साथ सम्पुर्ण प्यानल बिजयी र उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका दिपक बि।क। लाई ६१० तथा एमालेलाई ३३७ मत प्राप्त ।
वडा न ८- नेपाली कांग्रेस बिजयी ।
वडा न ९-मुरलिभञ्ज्याङमा नेपाली कांग्रेसका भोज बहादुर रेग्मी १०९४ मतका साथ बिजयि
वडा न १०– ज्यामरुङमा एमाले उम्मेदवार बिजयराज इटनी ५०८ मत सहित बिजयी।काङ्ग्रेसका प्रत्यासी बिमल पाठकलाइ ४५१ मत ।
वडान ११ – ज्याम्रुङमा माओवादी केन्द्रको उमेदवार तिलक थापा मगर ७१० मत ल्याइ प्यानल सहित बिजयी
वडा न १२- साङ्कोषमा एमालेका बाबुराम लम्साल ६१८ मतका साथ बिजयी र उहाँका प्रतिद्वन्दी कांग्रेसका गोकर्ण प्रसाद सापकोटालाई ५५४ मत प्राप्त ।
वडा न १३- साङकोषमा नेपाली काङ्ग्रेसका होम बहादुर गुरुङ ८२८ मत ल्याइ सम्पुर्ण प्यानल सहित बिजयी।
वडा १४ – धुवाँकोटमा एमाले प्यानल सहित बिजयी ।

१०४ वडा मध्य १०३ गणना सकियो, एमाले एक्लै ५६, काँग्रेस २३, माओवादी २१ र राप्रपा ३ वडामा जित हासिल ।