रेडक्रस धादिङ शाखाको जिल्लासभा जारी

Avatar photo
Dhadingpost
चैत्र २०, २०७३

धादिङ चैत्र २० । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा धादिङको ३० औ जिल्ला सभाको अधिबेशन जारी छ ।

शनीबार र आईतबार २ दिन सम्म चल्ने अधिवेशनको पहिलो दिनको उद्घाटन सत्र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङ का सभापति श्री सिताराम कोइराला को अध्यक्ष ता मा सम्पन्न भएको अधिबेशन सभामा सल्लाहकार बोधनारायण श्रेष्ठले धादिङको रेड्क्रस संगठन बलियो बनाउनुपर्ने, विभिन्न उपशाखालाई क्रियाशिल बनाउनुपर्ने, विकासका कार्यक्रम र स्स्थाको नियमित कार्यक्रमलाई विशेष जोड दिनुपर्ने बताउनु भएको थियो ।

भुकम्प पछि रेडक्रसले करोडौको राहात वितरण गरेको हिसाव किताव सार्वजनिक नगरेको, जिल्ला दैविक प्रकोप उद्दार समिमितिमा उपस्थित जनाए अनुसार जिल्ला का सवै गाविसमा रेडक्रस पुग्ने माग गर्न नसकेको जस्ता आवाजहरु उठिरहेका बेला भएको जिल्ला सभामा जिल्लाका सबै उपशाखाहरुको प्रतिनीधित्व रहेको छ ।
अधिबेशन आजको बन्दसत्र पछि सकिने छ ।