माओवादी केन्द्र निकट शिक्षक संगठित, धुनीबेसी र गल्छीमा..

Avatar photo
Dhadingpost
चैत्र १३, २०७३

तिलक चेपाङ,
चैत्र १३ धुनिबेसी ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङ धुनिवेसी नगरपालिका थाक्रेको प्रथम भेला सम्पन्न भएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष जानुका सापकोटाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र धुनिबेसी नगरपालिका इन्चार्ज राजन रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका जिल्ला सदस्य बासुदेव बास्कोटा, राजकुमार पाठक, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्दी्रय सचिवालय सदस्य शंकर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

मच्छिन्द्र माध्यमिक विद्यालय खानिखोलामा सम्पन्न भेलाबाट मोहन कोईरालाको अध्यक्षतामा १३ सदस्यीय धुनीवेसी नगरपालिका स्तरीय कार्यसमिती गठन गरेको छ । त्यसैगरी विष्णु प्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन थाक्रे गाउँपालिका स्तरीय कार्यसमिति गठन गरेको छ ।

त्यस्तै शनिबार सम्पन्न गल्छी गाउँपालिका स्तरीय शिक्षक हरुको भेलाले नवराज तामाङको अध्यक्षतामा १५ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन गल्छी गाउँपालिका स्तरीय कार्य समिति गठन गरीएको एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङले जनाएको छ ।