समाचार प्रभाव : ‘सुटुक्क भगाइएका’ जबरजस्ति करणीका अभियुक्त पुन: पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७३

yubak-thapa-maidiधादिङ फागुन २४ । प्रहरी चौकी भित्रबाट ‘सुटुक्क भगाइएका’ जबरजस्ति करणीका अभियुक्तलाई प्रहरीले पुन पक्राउ गरेको छ ।

धादिङ मैदी–९ छापथोकका युबक थापालाई प्रहरीले नै भगाएको धादिङपोष्ट लगायतका मिडियामा समाचार प्रकाशन भए पश्चात प्रहरीले थापालाई पुन पक्राउ गरेको हो ।

सुरुमा उजुरी दर्ता गर्न समेत नमानेको प्रहरीले मिडियामा समाचार आउन थाले पछि आफूलाई जबरजस्ति करणी गरेको भन्ने युवतीको उजुरी समेत दर्ता भएको छ ।

प्रहरीका सइ पुर्ण बहादुर लामाले पीडितसँग छलफल नै नगराई एमालेका गाविस अध्यक्ष भानु दुवाडीलाई साक्षी राखेर भगाएका थिए ।

आमा समुहको आयोजनामा मनोरन्जनात्मक गरिरहेको बेला बेलुका अन्दाजी ९ बजे धादिङ जिल्ला मैदी गाविस वडा नम्बर ८ बस्ने युवक थापा भन्ने व्यक्तिले म बाहिर निस्केको अवस्थामा जबरजस्ति करणीको उद्देश्यले तान्दै लछारपछार गरी घिच्चाउन लागेको अवस्थामा आमा समुहका आमा दिदि बहिनीको सहयोगमा उम्कन सफल भएँ,’ पीडित युवतीले दिएको उजुरीमा भनिएको छ,‘म महिलामाथि जबरजस्ती करणी प्रयास गरिएकाले महिला हिंसा कानुन बमोजिम कारबाही गरिपाउँ ।’

यस अघि प्रकाशित समाचार

करणी अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले सुटुक्क भगाए