
धादिङ ,१२ फागुन । पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको छ।
सो कार्यसूचिअनुसार कानुनमन्त्री अजयशंकर नायकले संसद बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदा एमालेले विरोध गरेन। यसअघि एमालेले छलफलमा भाग नलिने, मौन रुपमा प्रक्रियामा उपस्थित हुने निर्णय गरेको थियो। नेमकिपाले भने संशोधन विधेयकविरुद्ध उभिने निर्णय गरेको छ।
