महिलाको शरीरमा सुपारी ‘फिट’ गरि भारत पठाइन्छ

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०७३

supariकाठमाडौं ।  सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारत तर्फ सुपारी तस्करी हुन थालेको छ ।

प्रहरीले शरीरमा सुपारी फिट गरेर लैजादै गरेको अवस्थामा दुईजना महिलालालाई नियन्त्रणमा लिएपछि सुपारी तस्करीमा महिलाको प्रयोग हुने खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

‘सीमावर्ती क्षेत्रमा महिला प्रहरीको उपस्थिति न्यून छ र पुरुष प्रहरीले महिलाको शरीर आनतलासी गर्न मिल्दैन’, एक प्रहरीले भने, ‘त्यही भएर शरीरमा सुपारी फिट गरेर भारत कटाउन महिलाको प्रयोग हुने गरेको हो ।’

प्रहरीले अनुसन्धानको क्रममा रहेको भन्दै पक्राउ परेका महिलाको नाम खुलाएको छैन ।आजको अन्नपूर्ण पोष्टमा खबर  छ ।

x