आर्थिक वर्ष २०७४/७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने प्रक्रिया प्रारम्भ भई सकेको छ । वडा भेला, गाउँ परिषद, ईलाका गोष्ठी, विषयगत समितिको बैठक, एकिकृत योजना तर्जुमा समितिको बैठक, जिल्ला विकास समितिको बैठक हुदै जिल्ला परिषदले २०७३ फाल्गुण मसान्त भित्र आ.ब.०७४/७५ को लागि वार्षिक जिल्ला विकास योजना स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । यस प्रक्रियामाको लागि पूर्व योजना तर्जुमा गोष्ठीबाट पारित भए अनुरुप निम्न आधारमा सूचक बनाई योजना छनौंट गरिने व्यहोरा जानकारी गराईन्छ ।
योजना छनौंटका आधार एवं प्राथमिकताहरु
- भुकम्प पछिको पुननिर्माण तथा पुर्नस्थापना गर्ने योजना तथा कार्यक्रमहरु ।
- आवधिक जिल्ला विकास योजना तथा जिल्ला यातायात गुरूयोजना र अन्य क्षेत्रगत आवधिक योजनाले निर्दिष्ट गरेका विषयहरू ।
- सर्वसाधारण जनतालाई तत्काल प्रत्यक्ष फाइदा हुने तथा रोजगार प्रवद्र्धन हुने र आयमूलक कार्यक्रमहरु ।
- कृषि उत्पादन वृद्धि गर्न सघाउ पुग्ने कार्यक्रमहरु ।
- स्थानीय साधन, सीप र क्षमताको परिचालनबाट संचालन हुन सक्ने कार्यक्रमहरु ।
- वातावरण संरक्षणमा सघाउ पु¥याउने कार्यक्रमहरु ।
- पिछडिएका तथा उत्पीडित जाती, जनजाती एवं महिला र बालबालिकाको लागि आयमूलक तथा सीपमूलक कार्यक्रमहरु ।
- क्रमागत एवम् अधूरा रहेका कार्यक्रम वा आयोजनाहरू तथा थोरै रकममा मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउन सकिने कार्यक्रम वा आयोजनाहरू ।
- प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभका वस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धन हुने कृषि, गैर कृषि र सेवा क्षेत्रका कार्यक्रम वा आयोजनाहरू ।
लक्षित वर्ग तर्फका योजनामा समग्र जिल्लाको प्राथमिकीकरणका आधारहरु
- लक्षित वर्गको विकासमा प्रत्यक्ष फाईदा पुग्ने योजनाहरु
- छिटो प्रतिफल प्राप्त हुने दीगो प्रकृतिको योजनाहरु
- योजना तर्जुमा प्रक्रियामानै खास लक्षित वर्गका उपभोक्ता स्वयंको सहभागिता हुने योजनाहरु
- योजनाबाट प्रत्यक्ष लाभान्वित हुने लक्षित वर्गबाटै छनौंट भएका योजनाहरु
- जिल्लाको समग्र नीति भित्र लक्षित वर्गको प्राथमिकता भित्र परेका योजना तथा कार्यक्रमहरु
- भौगोलिक विकटता र गरीबी नक्साङकनको आधारमा उच्च प्राथमिकताका क्षेत्रका योजनाहरु
- जिल्लाको प्रमुख प्राथमिकताका क्षेत्रहरु भित्र परेका योजना तथा कार्यक्रमहरु
योजना प्राथमिकीकरणका सूचकहरु
- आवधिक जिल्ला विकास योजनाले तोकेको क्षेत्रमा भए/नभएको
- सडक योजनाको हकमा जिल्ला सडक गुरुयोजना भित्रको भए/नभएको र अन्य योजनाको हकमा
- जिल्लाको क्षेत्रगत योजना अनुरुप भए/नभएको
- लक्षित वर्ग तर्फका योजना लक्षित वर्ग आफैले छनौंट गरे/नगरेको
- पुनर्निमाण कार्यमा सहयोग पुग्ने योजना हो/होईन
- क्रमागत योजना हो या नयाँ हो ?
- विगत आ.ब.तथा चालु आ.ब.मा कुनै पनि निकायवाट बजेट विनियोजन भई कार्य भएको हो वा होईन ? बजेट विनियोजन भएर कार्य भएको भए बजेट फ्रिज भएको छ/छैन
- योजनाबाट लाभान्वित हुने जनसंख्या कति हो