स्कटल्याण्डमाथि इंल्याण्डको सानदार जित

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७३

धादिङ कात्तिक २७-

england

इंग्ल्याण्डले विश्व कप २०१८ को छनोट खेलमा स्कटल्याण्डलाई ३–० ले हराएको छ। समूह एफमा रहेको इंग्ल्याण्डले घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा स्कटल्याण्डविरूद्ध प्रभावशाली जित निकालेको हो।

इंग्ल्याण्डलाई जिताउन डानिएल स्टरेज, एडम लालन र ग्यारी काहिलले एक एक गोल गरे।

जितपछि चार खेलबाट १० अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ। समूह एफ अन्तर्गत नै भएको खेलमा स्लोभाकियाले लिथुवानियालाई ४–० तथा स्लोभेनियाले माल्टालाई १–० ले हराएको छ।