सर्वाेच्चकाे अादेश:लाेकमानलार्इ ७ दिनभित्र अदालतमा उपस्थित हुनु

Avatar photo
Dhadingpost
कार्तिक २३, २०७३

धादिङ कार्तिक २३ –

lokman

अवहेलना मुद्दामा सर्वाेच्च अदालतले अख्तियार दुरूपयाेग अनुस्धान अायाेगका निलम्बित प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलार्इ ७ दिनभित्र अाफै अदालतमा उपस्थित हुने अादेश दिएकाे छ।

म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दर्ता भएको रिट निवेदनमाथि भएकाे सुनुवाइपछि सर्वाेच्चले यस्ताे अादेश दिएकाे हाे। न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा उक्त मुद्दाकाे सुनुवार्इ भएकाे थियाे।

लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दाको मुल निवेदनकर्ता ओमप्रकाश अर्यालले सो निवेदन दर्ता गराएका थिए।
अर्यालको निवेदनमा कार्कीका ज्वाँइ प्रवल थापा, असइ नकुल गौतम, कानुन मन्त्रालयका पूर्वसचिव प्रमोद कार्कीलार्इ विपक्षी बनाइएकाे थियाे।