महासचिव काम्रेड बिप्लब दाइ, अब बिरोधको राजनीति होइन, अब बन्दुकको राजनीति घोषणा गर्नुस् ।
किनकि बिरोधको राजनीतिले अब नेपाली जनताको अधिकार फिर्ता हुदैन । नयाँ र पुरानो बर्ग दुश्मनले बन्दुकको मोजेलमा कुन्ठित गरेको जनताको अधिकार बन्दुकले नै फिर्ता हुनेछ अर्को कुनै विकल्प छैन ।
हामी जनयुद्ध लड्न तयार छौं, मात्र हामीलाई मात्रै योजना दिनुस् । होइन भने बिरोधको राजनीति मात्रै गरेर कुनै अर्थ छैन विप्लव कमरेड ।
हामीलाई थाहा छ, बलिदान बिना परिवर्तन हुँदैन र दुनियाँमा कहिँपपनि बलिदान बिना परिवर्तन भएको इतिहास छैन। हिजो हामीले बलिदान पूर्ण लडाई लडे कै हो, परिवर्तनको निम्ति, तर परिवर्तन हुन र गर्न दिईएन, केही व्यक्तिको लागि आयो जनवाद केही व्यक्तिहरुमा भए परिवर्तन तर जनताको उदेश्य परिवर्तन भएन हामीले जहाँ जुन ठाउँमा छाडेर आएका थियौ । तहि ठाउँमा छन् सर्वहारा जनताहरु, के अब त्यो जनताको अधिकार तेति सजिलै फिर्ता हुन्छ ?
सडकमा केही मान्छेहरु बटुलेर रातो टालो बोक्दैमा २०५२ सालमा जनताको बीचमा खाएको कसम यसै गरि पुरा हुन्छ त ?
आदरणीय महासचिव विप्लव कमरेड एकपटक गहिरिएर सोच्नुस् यदि तपाईंले बेलैमा सर्बहारा जनताको पक्षमा सोच्नु भएन भने आखिर तपाईको पार्टीको भबिस्य छैन ।
बिप्लब दाइ हामी साँच्चिकै देश र जनताको निम्ति राजनीति गर्ने हो भने २०५२ को बाटो आंगाल्नै पर्छ । जसले जतिसुकै फुर्ती लगाए पनि जनताले हामीलाई नै साथ दिन्छ यदि हामीले निर्णयक संघर्षको घोषणा गरेयौँ भने । नत्र भने तपाई हाम्रो हालत पनि मोहन बिक्रमको भन्दा कम हुदैन ।
बिप्लब दाइ हामी भिकारी होइनौ, अरुसंग मागेर लिनको लागि, हामी हिजो जनयुद्ध लड्ने जनताको सिपाहीहरु हौं । क्रान्तिकारीहरु मागेर हैन लडेर जनताको अधिकार सुनिश्चित गर्न ढिला नगर्नुहोस् ।
त्यस्को लागि सडकमा जुलुस निकालेर होइन, गरिब जनताको झुपडी बाट ज्वाला निक्ल्न सक्नुपर्छ। बिप्लब दाइ म फेरि पनि अनुरोध गर्छु । जनताले हामीलाई कुरेर बसेकोछ, जुन जनताले हिजो जनयुद्धलाई बिश्वास गरेको थियोे । अन्त्यमा पुन अनुरोध गर्छु बिप्लब दाइ कठोर संघर्ष बिना परिवर्तन हुदैन, जसको लागि बन्दुक उठाउनै पर्छ । लेखकको स्वतन्त्र विचार