धादिङबेसीमा साँकृतिक कार्यक्रम (फोटो सहित)

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७३

धादिङबेसी कात्तिक १७ । धादिङबेसीमा भाईटिकाको दिन बेलुकी भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्टेप अप डान्स एकेडेमीले दिपावलीको अवसरमा उक्त साँस्कृतिक कार्यक्रम गरेको हो ।

खचाखच दर्शकले भरिएको धादिङबेसी बीचबजार चोकको कार्यक्रम, नीलकण्ठ नगरपालिका र धादिङ समाज धादिङको विशेष सहयोग रहेको यस कार्यक्रमलाई मनकामना छापखाना र वासु स्मृति संस्था सहयोग गरेका थिए । ।

राती १० बजे सम्म संचालन गरिएको उक्त साँस्कृतिक कार्यक्रमम मनपराएर सयौँ दर्शकहरुले स्टेप अप डान्स एकेडेमीलाई आफ्नो हैसियत अनुसार नगद सहयोग गरेको पनि देखिन्थ्यो भने, आयोजकले संकलित रकम कार्यक्रम संचालन गर्न लागेको रकम कटाएर बाँकी रहेको रकम सामाजिक काममा खर्च गरिने बताएको छ ।